Birat Post आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२० कात्तिक ।

मोरङ क्षेत्र न.६ का मतदाताले  नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालालाई भोट दिएर जिताए बापत आफ्ना छोराछोरीहरुलाई नागरिकता बनाईदिनुपर्ने शर्त राखेका छन।चुनावी प्रचार अभियानमा रहेका कोइराला संग मतदाताहरुले यस्तो माग राखेका छन् । उनिहरुले आफ्ना सन्तानहरु नागरिकता नभएका कारण देशमा काम विहिन भएर बस्नु परेका पिडा सुनाउने गरेका छन् ।

कोइरालाले नेकपा एमालेका कारण हजारौं युवा नागरिकता विहीन हुनु परेको आरोप लगाएका छन् । नेता कोइरालाले संसदबाट पारित गरेर पठाएको नागरिकता विधेयक एमालेको निर्देशनमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत नगरेका कारण हजारौं युवा नागरिकताविहीन भएका छन्,” कोइरालाले भने ।

जसका कारण बैंकमा खाता खोल्न पाएका छैनन्, पासपोर्ट बनाउन पाएका छैनन् । लोकसेवा भिडेर जागिर खान पाएका छैनन् ।” कोइरालाले सदनबाट दुईपटक पास गरेर पठाएको नागरिकता विधेयक पास नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेको आरोप लगाए । नेता कोइरालाले आगामी मंसिर ४ पछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने दाबी गरे । उनले गठबन्धनको सरकारले नागरिकता विधेयक पास गर्ने प्रष्ट पारे । “मंसिर ४ को निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ,” उनले भने “त्यसपछि नागरिकता विधेयक पास हुन्छ र त्यसपछि नागरिकता समस्या समाधान हुन्छ ।

सम्बन्धित

ताजा अपडेट
चिन्न जीयर स्वामीद्धारा वैदिक सनातन धर्मको वैज्ञानिकता माथी विराटनगरमा धार्मिक प्रवचन
होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
विराटनगरमा त्रिदण्डी चिन्न जीयर स्वामीजी आउदै, पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल