Birat Post शुक्रबार, मंसिर २३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २३ मंसिर ।
मोरङका राजनैतिकदलका नेता , पालिकाप्रमुख र प्रशासकियअधिकृतहरुले समाजमा लैङिगक समानताल्याउने प्रतिबद्धता जनाएका छन ।
दलित महिला केन्द्रले विहिवार विराटनगरमा आयोजना गरेको लैङिगक समानताका लागि महिला जनप्रतिनिधिहरुको राजनैतिक सहभागीताबारे अन्र्तक्रियामा दलका नेता र पुरुष जनप्रतिनिधिहरुले यस्तो प्रतिबद्धता जनाएका हुन ।

एकिकृत समाजबादी प्रदेश १ का सदस्य कविराज घिमिरेले घरदेखी दल सम्म महिलाहरुलाई नेतृत्वमा अवसर दिनसकेमात्र समाजबाट लैङिगक असमानता हटेर समानता आउने भएकोले आफु र आफनो पार्टी त्यसकालागि सजग र सचेत रहने प्रतिबद्धता गरे ।

माओबादी केन्द्र मोरङका संयोजक विजय विश्वासले जनयुद्ध र जनआन्दोलनपछि निर्माण भएको २०७२को संबिधानले महिलालाई अधिकार दिएपनि त्यस माथिको चिन्तनमा परिवर्तन आउन नसक्दा समाजमा अझै लैङिगक समानता आउन नसकेको बताए । उनले समाजमा विद्यमान सबैखाले असमानता हटाउन माओबादी केन्द्र सधै तत्पर रहेको र रहिरहने बताए ।

नेपाली काँग्रेस मोरङका सहसचिव भुवनेश्वर राजवंशीले अवसर पाएमा महिलाहरुले सफल रुपमा नेतृत्व निर्वाह गर्नसक्छन भन्ने प्रशस्त उदाहरण भैसकेकाले उनीहरुलाई घर दल दुवैमा अवसर दिनआफुहरु तयार रहेका छौ भने । जनता समाजबादी पार्टी मोरङका नेता राधे कामतले महिलाहरुलाई नेतृत्वदिन सबै राजनैतिक दलहरुहरु प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

उर्लाबारी नगरपालिका प्रमुख गंगा खरेलले लैङिगक समानता ल्याउन महिलाहरुलेमात्र आवाज उठाएर पुग्दैन भन्दै पुरुषहरुले पनि अग्रसर भएर उनीहरुको हकअधिकारकालागि लडनुपर्नेमा जोड दिए । सुन्दर हरैचा नगरपालिका प्रम्ख केदारप्रसाद गुरागाईले पनि राजनैतिकदलहरुले चिन्तनमा परिवर्तन नगर्दा महिलाहरुको अवसर कुण्ठित भैरहेको बताए । उनले आफुले गर्ने सबै नीतिहरु महिलालाई प्राथमिकता दिएर निर्माण गराएर कार्यान्वयन गराउने प्रतिबद्धता जनाए ।

कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले महिलाहरुले नेतृत्वमा अर्थपुर्ण सहभागिता पाएमात्र समाजमा लैङिगक समानता आउने बताउदै आफुहरुले बजेट र नीति बनाउँदा महिलाअधिकारबारे बिशेष ख्याल गरिरहेको र गरिरहने बताए । बेलबारी नगरपालिका प्रम्ख डिपी राईले महिलाहरुले ‘ सक्दिन’ भनेर हिनभावना राखेर हैन सधै ‘सक्छु ’ भनेर अगाडी बढे नेतृत्वमा सधै सफलहुने विश्वास व्यक्त्त गरे ।

रंगेली नगरपालिका उपप्रम्ख झुमा पराजुलीले अझै पनि बजेट र नीतिहरु निर्माण गर्दा महिलाहरुलाई उपेक्षागर्ने चलनकायमै रहेको बताइन ।
केरावारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरले अवसर पाए महिलाले नेतृत्व सक्छन भन्ने उदाहरण आफु नै भएको प्रस्ट पारिन । उनकाअनुसार पहिले वडा सदस्य रहेकी उनीहाल उपप्रम्खमा निर्वाचित हुन सफलभएकी हुन ।

रंगेली नगरपालिका प्रशासकियअधिकृत ओमकारप्रसाद न्यौपानेले कागजी शब्दावलीमै सिमित राखिरहँदा व्यवहारमा लैङिगक समानता आउन नसकेको बताए । उनले बजेट र नीतिबनाउने मात्र नभै व्यवहारमा कार्यान्वयन गराउन सकेमात्र महिलाहरुले नेतृत्व प्राप्तगर्न सक्ने बताए । अधिवक्त्ता दिनेश घलेले सबै कुरा राजनीतिलाई मात्रै छाडेर परनिर्भर हुनखोज्दा समाजमा लैङिगक समानताआउन नसकोको हो भने । उनले समाजमा राजनीति जस्तै समाजिक , भाषिक , साँस्कृतिक आदिनीतिहरु पनि समान रुपमालागु हुन सकेमात्र लैङिगक समानता आउने बताए ।

ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारले पार्टीका नेताहरुको निगाहामा छाडिदिदा सक्षम महिलाहरुले पनि निर्वाचनमा टिकट पाउन नसकेको बताए । उनले लैङिगक समानता भनेर हैन व्यवहारमा गरेर देखाउनुपर्नेमा जोड दिए । केरावारी गाउँपालिकापुर्व उपाध्यक्षशान्तिलिम्बुले महिलाहरुले पनिआफनो हक डडेर खोज्न नसक्दा नेतृत्वको अवसरबाट बन्चितहुनुपरेको बताईन ।

ग्रामथानगाउँपालिकाउपाध्यक्ष गुणवती धामीले कसैले पनि लैङिगकविभेदको अधारमाकामविभाजनगर्ने चलनअन्तगर्नुपर्नेमा जोड दिइन । उनले टोलदेखी केन्द्रिय कमिटीसम्म महिलाहरुलाई राजनैतिकदलहरुले समान सहभागीतादिनुपर्नेमाजोड दिइन । कटहरी गाउँपालिका उपाध्यक्ष सीतादेवी राजवंशीले सामाजिक र साँस्कृतिक शुद्धिकरणको नीतिअपनाएर महिलामैत्री बन्न सबै राजनैतिकदलहरुलाई आग्रह गरिन । उनले महिला जनप्रतिनिधिहरुलाई हेर्ने धारणा अझै परिवर्तन नभएकोले त्यसबारे पनिदलहरुले सचेतना अभियान चलाउनुपर्नेमा जोड दिइन ।

दलित महिला केन्द्रकी केन्द्रिय उपाध्यक्ष लक्ष्मी परियारले राजनीतिमा महिलाहरुको नेतृत्व सबल नभएसम्म समाजमा लैङिगक समानता आउननसक्ने भएकोले जनप्रतिनिधि , दलका नेता र महिलाहरुकालागि निरन्तर क्षमताअभिबृद्धि र शसक्त्तिकरण कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन ।लैङिगक समानता र निर्वाचित जनप्रतिनिधिहरुको राजनैतिक सहभागीता अभिबृद्धीबारे उक्त्त अन्र्तक्रियामा मोरंङका नौ वटा पालिकाहरुकाप्रम्ख , उपप्रम्ख र प्रशासकियअधिकृत सहित राजनैतिक दलका जिल्ला नेताहरु सहभागी थिए ।

 

सम्बन्धित

ताजा अपडेट
बझाङमा ४९ प्रतिशतले गरे मतदान, मतगणना भोलिबाट मात्रै
इलाममा करिब ५७ प्रतिशतले गरे मतदान, आज रातिदेखि नै मतगणना सुरु हुने
इलाम–२ : खड्का र नेम्वाङले गरे मतदान

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल