Birat Post आइतबार, मंसिर २५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर , २५ मंसिर ।
विराटनगर–१४ स्थित डिग्री कलेज (पुरानो हवाई फिल्ड)को मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा प्रदेश १ मा लगानीकर्तालाई आकर्षित र लगानीको संभाव्यताको छुट्टै पेभिलियन राखिने भएको छ । प्रदेश १ लगानी प्राधिकरण, एसिया फाउण्डेशन र कन्सोर्टियमसँगको सहकार्यमा विराट एक्स्पोमा छुट्टै पेभिलियन राख्न लागिएको आयोजक समितिले जनाएको छ । पेभिलियनमा प्रदेश १ मा लगानीका लागि सम्भावित परियोजनाहरूको प्रदर्शन गर्ने, लगानी गर्न इच्छुकहरूका लागि आवश्यक सहजीकरण गर्ने उद्देश्य राखिएको छ ।

यस्तै, प्रदेश १ मा लगानीका क्षेत्रहरू, संभावित परियोजनाहरू, लगानीको मोडेल, लगानी सहजीकरणका नीतिगत कार्य व्यवस्थाहरूको विस्तृत जानकारीसहितको लगानी पेभिलियन रहने प्रदेश १ लगानी प्राधिकरणले जनाएको छ । प्राधिकरणका निर्देशक डा. सरोज कोइरालाले प्रदेश १ मा लगानीकर्तालाई आकर्षित गर्न एक्स्पोमा लगानीको छुट्टै पेभिलिएन राखिएको जानकारी दिए ।
पेभिलियनमा लगानीका लागि संभावित परियोजनाहरूको प्रदर्शन गर्ने, लगानी गर्न इच्छुकहरूका लागि सहजीकरण गर्न उद्योग संगठन मोरङ, प्रदेश लगानी प्राधिकरण एसिया फाउण्डेशन र कन्सोर्टियमसँगको सहकार्यमा पेभिलियन राखिएको हो । पेभिलियनमा प्रदेश १ का लगानीका क्षेत्रहरू, सम्भावित परियोजनाहरू, लगानीको मोडल, लगानी सहजीकरणका नीतिगत कार्य व्यवथाहरूको विस्तृत जानकारी दिइने कोइरालाले बताए । उनले पेभिलियनमा प्रदेश १ का लागनीका संभावनाहरू के–के छन् ? लगानीको प्रक्रिया के छ ? यहाँका संभावित क्षेत्र के–के छन् भन्ने जानकारी दिने बताएका हुन् ।
पेभिलियनमा उद्योगी व्यवसायीले नयाँ आइडिया लिएर आए त्यस्ता आइडियाहरूलाई कार्यान्वयनमा लैजान सहजीकरण गर्ने डा. कोइरालाले बताए । उनले प्रदेश १ मा चाँडै लगानी सम्मेलन गर्ने योजना रहेकाले प्रदेश स्तरीय लगानी सम्मेलनको पूर्व तयारीका रुपमा एक्स्पोको पेभेलियनलाई उपयोग गर्ने योजना रहेको उनले बताएका हुन् । पेभेयिनमा प्रदेश १ मा लगानीका लागि योग्य तथा प्रिफिजिविलिटी, अध्ययन भइसकेका आकर्षक ५ वटा परियोजना डिस्प्लेका राखिने छन् । परियोजनासँग सम्बन्धित विज्ञ परामर्शदाताहरूबाट परामर्श सेवासमेत प्रदान गरिने जनाइएको छ । पेभेलियनमा प्रदेश १ मा सम्भावित आर्थिक क्लष्टरहरू, कुन क्लष्टरमा कुन वस्तु उत्पादन गर्ने संभावना छ भन्नेबारेमा तथ्य, तथ्यांकसहित फोटो, डकुमेन्टलगायतका सामाग्री रखिने छन् ।

सम्बन्धित

ताजा अपडेट
नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी
आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल