Birat Post शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,८ पुष ।
विराट एक्स्पोमा बिजनेस भन्दा बिजनेस नेटवर्किङ प्रवद्धन भएकोमा खुसी रहेको उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले बताएका छन् । उनले एक्स्पोमा बिजनेस भन्दा बिजनेस नेटवर्किङ भएको र यसवाट पूर्व क्षेत्रको ब्यापार, एक्स्पोमा युवाहरूका लागि व्यवसायिक वातावरण , व्यवसायिक विकासका सेवा प्रदायकको इकोसिस्टमको प्रदर्शन, नयाँ आइडिया भएका युवा य्ुवतीहरूलाई आफ्नो आइडिया परीक्षण गर्ने अवसर प्राप्त भएको प्याकुरेलले बताए ।

विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ गतेदेखि सुरु भएको एक्स्पोमा झण्डै १ लाख मानिसहरुले अवलोकन गरिसकेको अध्यक्ष प्याकुरेलले बताए । उनले थपिएको ३ दिनमा थप ५० हजार मानिसले एक्स्पोको अवलोकन गर्ने दाबी गरे । यही बीचमा विदाको समय रहेको र अवलोकनका लागि मानिसहरु आउने आंकलन प्याकुरेलले गरेका छन् ।

देशमै केही गरौ भन्ने जनशक्ति उत्पादनमा राज्यले मेहनत गर्नुपर्नेमा उद्योगी व्यवसायी मरिहत्ते गरेर लाग्दा पनि उचित सहयोग नपाउने गरेको गुनासो अध्यक्ष प्याकुरेलले गरे । उनले यस्ता व्यवसायिक कार्यक्रमहरुलाई अगाडि बढाउन सवैको साथ सहयोग आबश्यक रहेको बताए ।

सम्बन्धित

ताजा अपडेट
एफडी माेटर्सकाे एभी स्कुटी विराटनगरकाे कदमगाच्छीमा लन्च
वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाइँदै
सूर्यको हानिकारक किरणबाट बचाउन मद्दत गर्ने ओजोन तहमा सुधार

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल