Birat Post सोमबार, पुष २५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२५पुष /

यही पुस २८ गते बिहीबारदेखि विराटनगर महानगरले केवल तथा नेटको तार व्यवस्थापन गर्ने भएको छ । सोमबार विराटनगरस्थित केवल तथा नेट व्यवसायीका प्रतिनिधिलाई बोलाएर महानगरले तारको व्यवस्थापन गर्ने निर्णय गरेको हो । पहिलो चरणमा हिमालय रोडबाट तारको व्यवस्थापन गरिनेछ । अटेर गर्ने कम्पनीको तार काट्न मेयर नागेश कोइरालाले निर्देशन सम्बन्धित शाखालाई दिनुभयो । उहाँले विराटनगरलाई अब यथास्थितिमा राख्न नसकिने बताउँदै केवल र नेटको तारका कारण महानगरको सौन्दर्यतामा ह्रास आएको बताउनुभयो ।

मेयर कोइरालाले यसअघिको बैठकले गरेको निर्णय कार्यान्वयनमा बेवास्ता भएपछि पुनः बैठक राखेर समयसीमा नै तोकिएको उल्लेख गर्नुभयो । गत असोज १३ गते पनि बैठक राखेर केवल तथा नेट व्यवसायीलाई तार व्यवस्थापन गर्न निर्देशन दिइएको थियो । “अव्यवस्थित तारका कारण विराटनगरको सुन्दरतामा कमी आएको छ,” मेयर कोइरालाले भन्नुभयो, “तपाईंहरु आफैंले व्यवस्थित गर्नु भएन भने हामी आफैं काटेर हटाउँछौं ।”

उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको समेत उपस्थितिमा भएको बैठकले चैत मसान्तभित्र विराटनगरका सबै तार व्यवस्थापन गरिसक्ने निर्णयसमेत गरेको छ । केवल तथा नेट व्यवसायीहरु आफैंले तारको व्यवस्थापन गर्नुपर्नेछ । व्यवस्थापन नगर्ने कम्पनीका तार महानगरले काटेर हटाउनेछ । तार व्यवस्थापनका लागि सहजीकरण गर्न महानगरले इन्जिनियर अनिल सिंहलाई जिम्मेवारी तोकेको छ । बैठकमा नेपाल टेलिकम, म्याक्स, सुविसु, वल्र्डलिंकलगायत विभिन्न कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल