Birat Post बिहिबार, माघ ०५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,५ माघ / प्रदेश राजधानी विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन मोरङका प्रमुख जिल्ला अधिकारीसहित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् । विराटनगर महानगरपालिकाको विशेष पहलमा बिहीबार भएको विशेष बैठकमा सहभागी मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । जिल्ला प्रशासन कार्यालयको नियमित बैठकलाई महानगरकै आग्रहमा पहिलोपटक प्रशासन कार्यालयभन्दा बाहिर राखिएको प्रजिअ दाहालले जानकारी दिए ।

महानगरको अभियानमा सहकार्य गर्न तयार रहेको उनले उल्लेख गरे । विराटनगर राजनैतिक, आर्थिक नगर मात्रै नभएर प्रदेशको राजधानी भएकाले सफा, सुन्दर र व्यवस्थित बनाउन आफू र अन्य कार्यालयहरूको तर्फबाट प्रजिअ दाहालले प्रतिबद्धता जनाए । “सबैको सहकार्य र समन्वयले मात्रै महानगरपालिकाले सुरु गरेको अभियान सफल बनाउन सकिन्छ,” प्रजिअ दाहालले थपे, “म प्रमुख जिल्ला अधिकारी र सबै सरकारी कार्यालयहरूको तर्फबाट यो अभियानमा साथ रहने प्रतिबद्धता जनाउँदछु ।” प्रजिअ दाहालले बजेट हुने कार्यालयले आफैं रंगरोगन गर्न र नभएकाले महानगरसित समन्वय गरेर रंगरोगन गर्न आग्रह गरे ।

महानगरका मेयर नागेश कोइरालाले विराटनगरका सबै सरकारी कार्यालय अगाडि सफा राख्न, वृक्षारोपण गर्न र रंग उडेर कुरुप बनेका भवनमा रंग लगाउन आग्रह गरे । मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउन आफूले अभियानकै रुपमा अगाडि सारेको बताए । “विराटनगर अब यथास्थितिमा बस्न सक्दैन । विराटनगरलाई सफा र व्यवस्थित बनाउने दायित्व महानगरसँगै तपाईं–हामी सबैको दायित्व हो,” मेयर कोइरालाले भने, “यसमा सरकारी कार्यालयहरूले पनि सहयोग गर्नुपर्‍यो ।”

महानगर क्षेत्रभित्र रहेका सरकारी कार्यालय भवन वर्र्षाैंदेखि रंगरोगन नगर्दा कुरुप देखिन्छन् । त्यस्तै कार्यालय अगाडि झार उम्रिनुका ठाउँ हुँदाहुँदै पनि वृक्षारोपण गरेको पाइँदैन । उपमेयर शिल्पा निराला कार्कीले पनि विराटनगरलाई सफा र सुन्दर बनाउने महानगरको अभियानमा साथ दिन आग्रह गरिन् । सबै क्षेत्रको सहकार्य र समन्वयले मात्रै विराटनगर सफा र व्यवस्थित हुने उनको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बैठकको उद्देश्यमाथि प्रकाश पार्दै सफाईसँगै राजस्व अभिवृद्धिका लागि महानगर निर्मम रुपमा प्रस्तुत भइरहेको बताए ।

कोइरालाले नक्सा पास नगरेका भवन र पर्खालको नक्सा पास गराउन आग्रह गरे । विराटनगर–३ का वडाध्यक्षसमेत रहेका महानगरको वातावरण तथा सरसफाई समितिका संयोजक वासुबहादुर बस्नेतले विगतमा भन्दा सरसफाईमा सुधार आएको चर्चा गरे । उनले सरसफाईसँगै महानगरले हरियालीलाई पनि प्राथमिकता दिएको बताए । हाल भइरहेको सरसफाई र पार्किङका विषयमा महानगरको सरसफाई शाखा प्रमुख पुनम दाहालले जानकारी गराएका थिए । त्यस्तै राजस्व संंकलन अभियानका बारेमा राजस्व महाशाखा प्रमुख सरोज गौतमले प्रकाश पारे ।

बैठकमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेल, मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, नेपाली सेनाका प्रमुख सेनानी अमृत थापामगर, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा. डीवी क्षेत्री, जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख टंक गौतमसहित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूले विराटनगरलाई व्यवस्थित बनाउने महानगरको अभियानमा सधैं साथ रहने प्रतिबद्धता जनाएका थिए । बैठकमा एक सयभन्दा बढी विभिन्न सरकारी कार्यालयका प्रमुख र प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्रीमा केपी ओलीको दाबी, आइतबार बिहान नियुक्त, दिउँसो शपथ
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नयाँ सरकार गठनको लागि आह्वान
बालसन्तद्वारा विराटनगरको सिद्धेश्वर महादेव मन्दिर र सामुदायिक भवनको उद्घाटन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल