स्वस्तिका पोखरेल मंगलबार, माघ १७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१७ माघ
विराटनगरमा हुन लागेको सीएनआई कोसी एक्स्पो–२०७९ का लागि भन्दै आर्थिक सहयोगका लागि पुगेको एक उद्योगी नेताले स्थानिय पालिका प्रमुख र कार्यालयका हाकिमलाई थर्काएको रहस्य सार्वजनिक भएको छ । विभिन्न पालिकाहरुमा उत्साहजनक प्रवद्धक भइदिनका लागि पुगेका उद्योगीका नेता आक्रामक ढंगले प्रस्तुत भएको विषय अहिले बजार तातेको छ । एक कान,दुइ कान, मैदान हुदै उद्योगी वीचमै यस विषयमा बहस भइरहेको छ ।

कटहरी गाउँपालिका प्रमुख र त्यहाँका कार्यालय प्रमुख संग उद्योगी भीम घिमिरेको भनाभन भएको बताइएको छ । घिमिरेले एमालेको सरकार रहेको र कार्यालय प्रमुखको सरुवा समेत गरेर दु:ख दिने जस्ता कुरा गरेको बताइन्छ । कटहरी गाउँपालिकाका प्रमुखको कार्यकक्षमा भनाभन भएको र जबरजस्ती गर्न खोजेपछी गाउँपालिकाले कुनै हालतमा सहयोग नगर्ने भन्दै पठाएको थियो ।

विश्वस्त समाचार स्रोतका अनुसार प्रमुख देवराज चौधरीले सीएनआई कोसी एक्स्पो–२०७९ लाई गाउँपालिकाको तर्फबाट कुनै सहयोग नगर्ने अडान लिएका थिए । हप्काएर पैसा लिने दाउँ रहेछ त्यस्तो कुरा कसलाई पाच्य हुन्छ ? एक जनप्रतिनिधिले भने । त्यस दिन घिमिरेको प्रस्तुतीले आफुहरु छक्क परेको ती जनप्रतिनिधिले बताए । माघ १९ देखि विराटनगरमा हुन लागेको सीएनआई कोसी एक्स्पो–२०७९ को तयारी अन्तिम चरणमा पुग्दा यस्तो रहश्य सार्वजनिक भएको हो ।

घटना केही दिन अगाडिको होे । यसलाई गाउँपालिकाले गोप्य राख्न खोजेपनि त्यहाँ पुगेका सेवाग्राहीले उक्त घटनाको फेहरिस्त बजारमा ल्याएका छन् । उक्त मेलाका लागि विराटनगर महानगरपालिकासहित औधोगिक करिडोरभित्रका बुढीगंगा गाउँपालिका, रंगेली नगरपालिका र सुनसरीको दुहबी नगरपालिकाले उत्साहजनक प्रवद्र्धककारुपमा सहयोग गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल