Birat Post बिहिबार, फाल्गुण १८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१८ फागुन ।
जनप्रतिनिधिहरुले जनताका गुनासा सुनिदिए भने मात्रैपनि आशाको किरण बल्छ । यही र यस्तै कुरालाई आत्म साथ गर्दै विराटनगर महानगर उपमेयर शिल्पा निराला कार्कीले जनगुनासो सुन्ने र समाधान गर्ने कार्यमा क्रियाशिल देखिन्छिन् ।

बजारमा रहेका विभिन्न उपभोग्य वस्तुहरुको अनुगमन देखि बाटो,घाटो ,शिक्षा ,स्वास्थ्य लगायत क्षेत्रहरुको अनुगमन र जनगुनासो सुन्ने कार्यमा उनि सक्रिय देखिन्छिन् । बजारमा व्यापारीले मनपरी सामानको मूल्य लिने, कम तौलका सामान बिक्री गर्ने, उपभोग्य मिति सकिएका सामान बिक्री गर्ने लगायतका गुनासोलाई संवोधन हुनेगरी अनुगमन भइरहेको उपमेयर कार्की बताउछिन् ।

सडक समस्याका विषयमा नगरवासीहरु संग बुझ्ने र बन्दै गरेका बाटो,घाटोका विषयमा समेत स्थानिय संगको परामर्शमा काम गरिरहेको भेटिन्छ । यस्तै महानगरभित्रका शैक्षिक संस्थाहरुले गरिरहेका कामहरुको समेत उनी अनुगमन गर्ने गर्दछिन् । न्यायिक समिति मार्फत धेरै पारिवारिक समस्याहरु हल गरिएको उनि बताउछिन् । सामाजिक सन्जालमा प्रचार गर्ने भन्दा काममा विशेष ध्यान दिने र सकेको राम्रो काम गर्ने उनको धारणा रहेको छ ।

उनले अपाङ्गता भएका विद्यार्थीका विषयमा समेत विशेष काम गर्ने बताएकी छन् । आदर्श मावि विराटनगरमा सन्चालिन अपाङ्गता भएकाहरु कसरी अध्ययन गर्दै छन् भन्ने विषयमा बुधबार अनुगमन गर्न पुगेकी उपमेयर कार्कीले सवलङ्ग सरह बाच्ने,खेल्ने र शिक्षा आर्जन गर्ने कुरामा अपाङ्गता भएका विद्यार्थीहरुलाई कुनैपनि कमी हुन नदिने बताइन् ।

मस्तिष्क पक्षघात देखी विभिन्न बौद्धिक अपाङ्गता भएका ९६  जना विद्यार्थीहरु आदर्श माविमा अध्ययन गर्दछन् । उनिहरुको संरक्षण गर्ने दायित्व राज्यको पनि भएको र यसका लागि सवैखाले सहयोग गर्न महानगरपालिका तयार रहेको बताइन् । अपाङ्गता भएकाहरुको हेरचाह र संरक्षण गर्ने कार्य पनि कठिन भएको हुदा यसका लागि पनि महानगरले सोचिरहेको बताइन् ।

 

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल