Birat Post मंगलबार, फाल्गुण ३०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,३० फागुन । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले बैंक, वित्तीय संस्था, लघुवित्त, सहकारीको चर्को ब्याजका बिरुद्ध आफूहरुले उठाइरहेको आवाज र आन्दोलनले शक्तिशाली काम गरिरहेको बताएका छन् । आफुहरुले उठाएको आवाज विशाल भएको र यो कुनैहालतमा नरोकिने पनि बताए । यस्तै अन्य राजनैतिक दलहरुले जस्तै आफुहरुले पनि युवा संगठनको रुपमा कालोमोसो दस्ता बनाएको बताएका छन् ।

मंगलबार काठमान्डौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले दस्ता बनाएपनि हालसम्म कसैलाई कालोमसो नदलेको तर सरकार युवाहरुमाथी हात धोएर दमनमा लागेको बताए । संयोजक प्रसाईंले सरकारले आफ्नो अभियानको युवा दस्ता कालोमसो दस्ताका संयोजक शम्भु थापालाई पक्रेर सरकारले अराजकता देखाएको पनि बताए । यद्यपी पक्राउ परेका संयोजक थापा हाल छुटिसकेका छन्

बैंक, वित्तीय संस्था, लघुवित्त, सहकारीको चर्को ब्याजका बिरुद्ध आफूहरुले आवाज उठाइरहेको र आन्दोलन गरिरहेको उनले स्पष्ट पारे ।

उनले बैंक र लघुवित्तका कारण लाखौँ नेपाली सुकुम्वासी हुने अवस्था आएको भन्दै बैंक र लघुवित्तका विरुद्धमा गाउँ गाउँबाट आन्दोलनमा उत्रिन आह्वान गरे ।

व्यवसायी प्रसाईंले आफूहरु सर्वहारा वर्गको बिरुद्धमा आन्दोलनमा उत्रिएको स्पष्ट पारे । उनले आफूले ऋण तिर्नु पर्दैन भनेर नभनेको भन्दै चर्को ब्याजदरमा ऋण तिर्न सक्नेहरुलाई तिर्न पनि आग्रह गरे । तिर्न नसक्नेहरुका लागि सरकारले ऋण मिनाहा गरिदिनुपर्ने उनले बताए ।

उनले बैंक तथा लघुवित्त बिरुद्धको आफूहरुको आन्दोलन जारी रहेको बताए । उनले निरन्तर रुपमा देशभर विभिन्न आन्दोलनको कार्यक्रमहरु गरिने जानकारी दिए ।

 

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल