Birat Post बिहिबार, चैत्र ०२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

कौशल निरौला

 

विराटनगर,२ चैत्र

चैत ५ गते हुन लागिरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थी नेताहरु भोटमाग्न ब्यस्त देखिएका छन् । विगतमा भएका निर्वाचनमा जस्तो अवस्था विद्यार्थी संगठनहरुबीच देखिदैन ।

आपसी मेलमिलापमै संगठनहरु प्रतिस्पर्धामा उत्रेका देखिन्छन् । विद्यार्थीको निर्वाचनमा पूर्व स्ववियु सभापति देखि पार्टीका नेताहरु समेत क्याम्पस परिसरमा देखिएका छन् । उनिहरुले पनि यो निर्वाचनलाई चासोपूर्वक हेरिरहेको सहजै अनुमान लाउन सकिन्छ  ।

बिहिबार क्याम्पस परिसरमा पूर्व स्ववियु सभापति तथा कोशी प्रदेशका सांसद भीम पराजुली, पूर्व स्ववियु सभापति ऋषिकेश पोखरेल,एमाले नेता विनोद ढकाल,पूर्व स्ववियु सभापति तथा एमाले नेता सागर थापा, एमाले नेता पर्शुराम बस्नेत ,नेकपा एसका युवा नेता वसिम आलम ,कांग्रेसका युवा नेता कृष्ण कार्की लगायतका नेताहरु विद्यार्थीको चुनावलाई नियालिरहेका देखिन्थे ।

क्याम्पस परिसरमा विद्यार्थी माझ देखिएका पूर्व स्ववियु सभापति तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले विराटपोष्ट संग प्रतिक्रिया दिदै भने “विद्यार्थीहरु स्वस्थ्य प्रतिश्पर्धामा मत मागिरहेको र शान्तिपूर्णरुपमा निर्वाचन हुनेमा म आशावादी छु ।” निर्वाचनमा विद्यार्थीहरुको सक्रियता देखेर आफुले विगतमा विद्यार्थी राजनीति गर्दाको स्मरणमा आफु पुगेको प्रतिक्रिया दिए ।

यस्तै पूर्व स्ववियु सभापति तथा एमाले नेता सागर थापा राजनैतिक नेतृत्वको विकास गर्ने प्लेट फर्म भएको स्ववियु निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिन्छन् । आफैमा उच्च सम्मानित स्ववियु निर्वाचनको महत्वलाई विद्यार्थीहरुले बुझेको र सोही अनुरुपम निर्वाचितहरुले काम गर्नेमा आफु आशावादी रहेको बताए ।

सम्बन्धित

ताजा अपडेट
माओवादी नेता महराको थुनछेक बहस जारी
विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरू
नेपालबाट बाहिरियो मनसुन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल