Birat Post शनिबार, चैत्र ०४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,४ चैत

भारतमा कोरोना संक्रमण बढ्दै जादा त्यसको असर नेपालमा पनि पर्न थालेको छ । परिक्षणको दायरा सरकारले घटाइरहेको अवस्थामा एकाएक कोरोना संक्रमणको दर बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिए पनि प्रभावकारीरुपमा काम गर्न सकिरहेको छैन । यसको कति असर पर्छ भन्ने आंकलन मातहतका सरकारी निकायले पनि गरेको छैन ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्विकार गर्दै आएको छ । यद्यपी यसका लागि आवश्यक तयारीमा रहेको कुनै कुरा बाहिर ल्याउन सकिरहेको छैन । मन्त्रालयका अनुसार फागुन २६ गतेदेखि सक्रिय संक्रमित दैनिक बढिरहेका हुन्। फागुन २६ गते ५ जना, २७ गते १२ जना, २८ गते १५ जना, २९ गते १६ जना, ३० गते १७ जना र चैत १ गते १९ जना संक्रमित भएका छन्। यस्तै, शुक्रबार मात्र ६ जना नयाँ संक्रमित थपिएको र २० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासले यसको असर र हुन सक्ने सम्भावित खतराका विषयमा विश्लेषण भइरहेको जनाउ दिएका छन् । नेपालमा खतरा बढे पछि मात्रै सरकारी मातहतका निकायको आखा खुल्ने गर्दछ । हालको कोरोना संक्रमणको अवस्थालाई हेलचेक्राइ गर्न नमिल्ने स्वंय स्वास्थ्यकर्मीहरुनै बताउदै आएका छन् । कोरोनालाई सामान्य ठानिन थालेको अवस्थामा यसले झुक्याउन सक्नेमा पनि सतर्क रहनुपर्ने विज्ञहरुको भनाई छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल