काठमाडौँ ,४ चैत । जहाजहरुमा समस्या आउनेक्रम बढिरहेको छ । यसका कारण जोखिम समेत बढ्न थालेको छ । नेपालका अधिकांश विमानहरुमा देखिएको समस्या समाधानमा राज्य मौन जस्तै देखिएको छ ।
आजमात्रै काठमाडौँबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बिचबाटोबाटै जहाज काठमाडौँ फर्किएको छ ।
बुद्ध एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको बुद्ध एयरले जनाएको छ। जहाज स-कुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ।