Birat Post मंगलबार, चैत्र ०७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,७ चैत

शिखर पुरूष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवसका अवसरमा जीपी कोइराला फाउन्डेसन कोशी प्रदेश र मोरङ जिल्ला कार्यसमितिले विविध कार्यक्रम सम्पन्न गरेको छ । फाउण्डेसनले कोशी अस्पतालमा फलफुल वितरण गर्नका साथै कोइरालाको तस्विर सहित नगरका विभिन्न भागको परिक्रमा गरी फुलमाला सहित श्रद्धान्जली अर्पण गरेको छ ।

फाउन्डेसन कोशी प्रदेशका अध्यक्ष राजेश गुप्ता र जिल्ला अध्यक्ष बेदमणी घिमिरेको नेतृत्वमा अस्पतालका १ सय ५० जना विरामीहरूलाई फलफूल वितरण गरेको थियो । यस्तै आज बेलुका रंगेली स्थित कालिमन्दिर छेउमा दीप प्रज्वलन समेत गरिने भएको छ । कार्यक्रममा फाउण्डेसन कोशी प्रदेशका निवर्तवान अध्यक्ष शैलेन्द्र सिवाकोटी, मोरङ जिल्लाका निवर्तवान अध्यक्ष कौशल निरौला, फाउण्डेसन नगरका अध्यक्ष प्रविन जोशी , कोशी अस्पतालका मेडिकल सपरिटेन्डेन्ट रविनराज सिंह, नेपाली कांग्रेसका सहसचिव भुवनेश्वर मण्डल,कांग्रेस युवा नेताहरु अरुण न्यौपाने, विनायक पन्त ,कांग्रेस जिल्ला सदस्यहरु देवचन्द्र घिमिरे ,विरेन्द्र साह, सत्रुधन रजक , फाउण्डेसका पदाधिकारीहरु लिला ढुङ्गेल,प्रकाश साह , स्वस्तिका पोखरेल,सुजन निरौला ,कांग्रेस रंगेली नगर सभापति जगरनाथ मण्डल लगायतको सहभागिता रहेको थियो ।

फाउण्डेसन प्रदेश र जिल्लामा नयाँ नेतृत्व चयन भएपछिको यो पहिलो कार्यक्रम भएको जिल्ला अध्यक्ष बेदमणी घिमिरेले जानकारी दिए । प्रदेश र जिल्लाको पदस्थापन र कार्यसमिति विस्तारको काम बाकी रहेको र त्यसलाई पूर्णता दिए पछि सुभेच्छुक सवैलाई आमन्त्रण गरेर वृहत कार्यक्रम गर्ने योजना रहेको प्रदेश संयोजक राजेश गुप्ताले बताए । जिल्ला र प्रदेशको पदस्थापन यही महिना भित्रै गरिने फाउण्डेसनको पुरानो कार्यसमितिका पदाधिकारीहरुले जानकारी दिएका छन् । नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले समेत  विविध कार्यक्रम आयोजना गरी कोइरालाको १३औँ स्मृति दिवस मनाउँदै छन् ।

सम्बन्धित

ताजा अपडेट
विराट गोल्डकप : पुलिसलाई हराउँदै भुटानको आरटिएफसी क्लब क्वाटर फाइनलमा
दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि ,उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै
डा. रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ प्रदान गरिने

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल