काभ्रे,११ चैत ।
नेपाली कांग्रेस नेतृ डा.आरजु देउवा राणाले स्थानिय र प्रदेश सरकारलाई अझ बलियो बनाउनु पर्ने बताएकी छन् । नेपाल तरूण दल काभ्रेद्वारा शनिबार आयोजित वृहत भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले तीन तहका सरकार मध्ये स्थानिय र प्रदेश सरकार जनताको सहजताका लागि बनाएको र यसलाई अझ मजबुत बनाउनुपर्ने बताएकी छन् । कतिपय केसमा तीन तहका सरकार बारे व्याख्या गर्न नसक्दा सरकारको विषयमा आलोचना बढेको र यस बारे जनतालाई बुझाउन आग्रह गरिन ।
कोभिडका कारण दीर्घकालिन असर परेको र धेरै मानिसहरु व्यवसायबाट पलायन हुनुपर्ने स्थिती सिर्जना भएको छ यसको समाधान गर्न सवैले भुमिका खेल्नुपर्छ । हामी माझ आर्थिक संकट पनि छ यसवाट पनि हामी अगाडि बढ्नु छ राणाले भनिन् ।
यस्तै तरुणदलले युवातरुणहरुको नेतृत्व गरेर समाजरुपान्तरका लागि काम गर्न आवश्यक रहेको बताइन् । उनले विद्यमान आर्थिक समस्या समाधान संगै सांगठनिक विकासमा अग्रसर हुन भएर लाग्न पनि उनले आग्रह गरिन् ।