Birat Post आइतबार, चैत्र १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१२ चैत । नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय ध्वजाबहाक वायुसेवा एयर इन्डियाका नेपालमा हुने उडानमा प्रतिबन्ध लगाएको छ । गत शुक्रबार बिहान सिमरामाथि १९ हजार फिट उचाइमा फन्को लगाइरहेको एयर इन्डियाको विमान ३७ सय फिट तल झारिएको घटनामा संलग्न सो एयरका चालक दललाई प्राधिकरणले तत्कालका लागि नेपालमा हुने उडानमा प्रतिबन्ध लगाएको हो ।

गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज एक्कासी तल आएपछि १५ हजार फिटको उचाइमा रहेको नेपाल एयरलाइन्सको जहाजसँग झण्डै ठोक्किन पुगेको थियो । सो क्रममा नेपाल एयरलाइन्स मलेसियाको क्वालालम्पुरबाट काठमाडौं आउँदै थियो भने एयर इण्डिया पनि नयाँदिल्लीबाट काठमाडौं आउँदै थियो ।

तर, एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले नेपाल एयरलाइन्सको जहाजलाई १३ हजार ५ सय फिटको उचाइमा झर्न लगाएपछि सम्भावित दुर्घटना टरेको थियो । साथै एयर इण्डियाको जहाजलाई पनि १६ हजार फिटको उचाइमा चढ्न लगाइएको थियो । काठमाडौँमा नेपाल एयरलाइन्सको जहाजलाई विमानस्थलको तल्लो भागमा र एयर इन्डियाको जहाजलाई माथिल्लो भागमा अवतरण गराइएको थियो।

हाल एयर ट्राफिक कन्ट्रोलरको भूमिकामा रहेका एटीसीलाई ‘एक्टिभ ड्यूटी’बाट हटाइएको छ । साथै प्राधिकरणले यस घटनामा संलग्नलाई कारबाही गर्न भारतीय नागरिक उड्डयन कार्यालय (डीजीसीए इन्डिया) लाई पनि पत्राचार गर्ने भएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार हवाई सुरक्षा जस्तो अति संवेदनशील विषयमा एयर इण्डियाको चरम लापरबाहीप्रति छानबिन गर्न दुई सदस्यीय छानबिन समिति गठन गरिएको छ । जतिसक्दो छिटो अध्ययन गरी प्रतिवेदन पेस गर्न पनि समितिलाई निर्देशन गरिएको छ तर, प्राधिकरणले सदस्यहरूको सूचना भने गोप्य राखेको छ ।

-केन्द्रबिन्दु

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल