विराटनगर,१४ चैत । प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने माग सहित मंगलबार विराटनगरमा भएको बिरोध प्रदर्शनमा आन्दोलनकारी र प्रहरीबीच झडप हुदा ११ जना घाइते भएका छन् ।
बिग होटलमा आयोजित कार्यक्रममा सहभागी सांसदहरुलाई घेराउ गर्ने भन्दै भेला भएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । यस क्रममा प्रहरीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो । आन्दोलनकारी र प्रहरीका जवानहरु घाइते भएका छन् । झडपका कारण केही समय विराटनगर तनावग्रस्त बनेको थियो ।