काठमाडौँ ,१४ चैत ।
मन्त्रिपरिषदलाई पूर्णता दिन सत्ता गठबन्धनको बैठक बालुवाटारमा भइरहेको छ। सरकारबाट एमाले र राप्रपा बाहिरिएपछि रिक्त रहेका १६ मन्त्रालयलाई पूर्णता दिनेबारे निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक राखेका हुन्।
बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने उद्देश्यका साथ बैठक बोलाइएको उनी निकट दलका नेताहरुले जानकार िदिएका छन् । दाहालले कांग्रेसलाई आठ, माओवादीलाई पाँच, एकीकृत समाजवादी र जसपालाई २, जनमत, नागरिक उन्मुक्तिलाई एक मन्त्रालय पाउने गरी बाँडफाँडको प्रस्ताव गरेका छन्। यस विषयमा आजै टुङो लाग्ने छ ।