Birat Post बुधबार, चैत्र २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

लहान,२९ चैत । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले चीनले नेपाललाई तिब्बत बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
राष्ट्रिय एकता अभियान सिराहा, लहानद्वारा ‘चिनियाँ विस्तारवाद, जिहादी अतिवादको असर र समाधान’ विषयक विचारगोष्ठीका प्रमुख अतिथि यादवले उक्त आरोप लगाएका हुन्।

भूमि कब्जा, एयरपोर्टलाई बीआरआईको चर्को ब्याजदरद्वारा चीनले नेपाललाई पनि तिब्बत बनाउने षडयन्त्र गरिरहेको आरोप यादवले लगाए । नेपालसँगको सम्बन्धमा चीनले मनपरी गरेको र चीनले आठ महिना बितिसक्दा पनि नेपाली राजदूतको आहोदाको प्रमाण पत्र नबुझेकामा उनले आपत्ति जनाए। ‘चीनको नेपालप्रति हेपाहा प्रवृत्तिको संगठित भएर विरोध गर्नुपर्छ,’ उनले भने।

समाजमा व्याप्त कुसंस्कार र राजनीतिक दलको संवैधानिक विचलनबाट देशमा आज संकट उत्पन्न भएको संविधानसभा सदस्य बीपी यादवले बताए । चीनले अनावश्यक नेपाललाई ऋण जालमा फसाइरहेको र आउने दिनमा श्रीलंकाजस्तो देशको हालत बनाउन चीनको मनसाय रहेको उनले बताए ।

मधेशमा मुस्लिम दाजुभाइहरूलाई विदेशी मौलानाहरूको माध्यमबाट जिहादी अतिवादीको प्रशिक्षण प्रदान गरी समाजमा साम्प्रदायिक दंगा गराउने योजनाअनुरूप कार्य भइरहेको र यस्ता असामाजिक तत्त्वबाट सचेत रहनु पर्ने उनले बताए।

कार्यक्रम अविनाश गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत भाषण अनुपमा झा, महिला अधिकारकर्मी रीता महतो, अभियानका सदस्य मनोज पासवान, समाजसेवी भरत साह, प्राध्यापक कन्हैया भट्ट, व्यवसायी राजु मण्डल लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए । यस विषयमा पछिल्लो समय विभिन्न कोणबाट आवाज उठ्न थालेको छ ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल