काठमाडौं ,२ बैशाख । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ । सय वर्षीया उनको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको साहित्यकार नरेन्द्रराज प्रसाईले जनाएका छन् । सत्यमोहनको छ महिनाअघिमात्र निधन भएको थियो ।
मरणोपरान्त आ–आफ्नो शरीर दानको घोषणा गरेका कारण उक्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजमा राखिने भएको छ ।