Birat Post शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२ बैशाख/

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक विस्तारै अराजकतातर्फ अगाडि बढिरहेको बताएका छन् । नेपाली कांग्रेस मोरङले नयाँ वर्षका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देशका आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको उल्लेख गरे । “म अहिले मुलुक अप्ठ्यारो स्थितिमा छ भन्न चाहन्न,” उनले थपे, “देशको आर्थिक मात्रै होइन राजनैतिक, धार्मिक र सांस्कृतिकलगायत कुनै पनि क्षेत्र सही तरिकाले हिंड्न सकेको छैन ।”

नेता कोइरालाले नेपाल आर्थिक रुपमा श्रीलंका र पाकिस्तान नहुने दाबी गरे । श्रीलंका र पाकिस्तानसित नेपालको तुलना नहुने उल्लेख गर्दै उनले सुधार्न सकिने बताए । “तपाईंहरु आजैबाट नेपाल श्रीलंका हुने हो कि भन्ने त्रासलाई हटाउनुहोस्,” उनले भने, “श्रीलंका र नेपालको परिस्थिति र अवस्था बेग्लै छ । हामीसित अझै ११ महिनालाई पुग्ने विदेशी मुद्रा छ । त्यसो भएकाले आत्तिनुपर्ने अवस्था छैन । तर अर्थतन्त्रमा सुधार गर्नु जरुरी छ ।” कोइरालाले चुनावमा भएका तिक्ततालाई बिर्सिएर संगठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुने बताउँदै कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिए ।

त्यसैगरी पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता विजयकुमार गच्छदारले सात दशकभन्दा लामो इतिहास बोकेको कांग्रेस संसदीय लोकतन्त्रलाई बलियो बनाउन अझै जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले भने, “कांग्रेस ढुक्क भएर बस्ने अवस्था अझै आएको छैन । अझै पनि संसदीय लोकतन्त्रको रक्षाका लागि कांग्रेस सक्रिय हुनुपर्छ ।” कार्यक्रममा कोशी प्रदेशसभा सदस्यसमेत रहेका केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेससहितका पार्टीले आफ्नो विचार र कार्यशैलीमा परिवर्तन गर्नु आवश्यक रहेको औंल्याए ।

उनले आगामी उपनिर्वाचनमा मूलधारका पार्टी पराजित भए देशको राजनीति कसरी अगाडि बढ्छ भन्ने प्रश्न उब्जिने उल्लेख गरे । “वैशाख १० गते तीनवटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ, ती क्षेत्रमा विशेष गरी कांग्रेससहित मूलधारका पार्टी जितेनन् भने आगामी अन्य निर्वाचन निकै गाह्रो पर्ने देख्दैछु,” अर्यालले भने, “मूलधारका पार्टीले आफ्नो कार्यशैली र विचारमा परिवर्तन गर्नु आवश्यक छ ।”

सो अवसरमा पूर्वकेन्द्रीय सदस्य हसन अन्सारी, कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, नेकपा एकीकृत समाजवादीका कोशी प्रदेश इन्चार्ज कविराज घिमिरे, नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू, उपसभापति भक्तिनाथ माझी, सचिव ललित श्रेष्ठ, महासमिति सदस्य गयानन्द मण्डल, महाधिवेशन प्रतिनिधि सीता कार्की, विराटनगर महानगर समितिका सभापति दीपक चापागाईं, नेविसंघका मोरङ सभापति सरोज पोखरेल, ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार, रतुवामाई गाउँपालिकाका अध्यक्ष नागेश्वरप्रसाद सिंहलगायतले ठूला पार्टीहरुमा शुद्धीकरण आवश्यक रहेको बताएका थिए ।

सम्बन्धित

ताजा अपडेट
उपकुलति थपलियाबाट क्याम्पस भवनको शिलान्यास
सहकारी ठगीमा संलग्नलाई लिखित प्रतिबद्धता गराएर जेलमुक्त गरौ : सांसद आचार्य
सुनसरीको वराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभर सङ्क्रमण, ३१ बङ्गुर मरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल