Birat Post शनिबार, बैशाख ०२, २०८० मा प्रकाशित

featured photo: Birat Post

तनहुँ ,२ बैशाख ।
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन मोरङको टोली तनहुँ पुगेको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीको नेतृत्वमा तनहुँ पुगेको टोली चुनावी प्रचार प्रसार अभियानमा समेत सरिक भएको छ ।

पराजुली संगै नेपाली कांग्रेस मोरङका युवा नेताहरु अरुण न्यौपाने,प्रविण जोशी र विनायक पन्त लगायतको सहभागिता रहेको छ । उनीहरु तनहुँ , तलको छाउदी , रम्घा टार ,माथिको भानु नगरपालिका देउरालि टार लगायतका चुनावी कार्यक्रममा सहभागि भएका छन् ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले तनहुँको माटोमै हुर्किएर भिजेको र दु:ख सुखमा साथ दिएको मानिस गोविन्द भट्टराईलाई जिताउन आग्रह गरे । तनहुँले जिताए उहाँ यस क्षेत्रको मन्त्री बन्ने पक्का भएको र जनताको सेवामा काम गर्ने दावी गरे ।

यस्तै कार्यक्रममा बोल्दै उम्मेदवार गोविन्द भट्टराईले पदमै नरहेर पनि जिल्लाको मिलुंंगदेखि धरमपानी अनि छिम्केश्वरीदेखि रुपाकोटसम्म विकासका काममा खटिरहेको भन्दै आफूले माटो चिनेकाले विकास गर्ने सामथ्र्य राख्ने बताए ।

यहाँको माटो नै नचिनेका व्यक्तिहरु उम्मेदवारका रुपमा आएका भन्दै उनले उनीहरु जितेर गएपछि यहाँका जनतालाई नचिन्ने र विकासका सवालमा पछि पर्ने बताए । बरु माटोले सिन्चित भएको मानिस जिताएर सेवा गर्ने अवसर प्रदान गर्न आम क्षेत्रका जनता संग उनले आग्रह गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
उपकुलति थपलियाबाट क्याम्पस भवनको शिलान्यास
सहकारी ठगीमा संलग्नलाई लिखित प्रतिबद्धता गराएर जेलमुक्त गरौ : सांसद आचार्य
सुनसरीको वराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभर सङ्क्रमण, ३१ बङ्गुर मरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल