Birat Post बिहिबार, बैशाख ०७, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,७ बैशाख । म्याग्दीस्थित अन्नपूर्ण हिमालमा गत सोमबारदेखि बेपत्ता भएका एक भारतीय पर्वतारोही जीवितै फेला परेका छन् ।

सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएका भारत राजस्थान किसनगढका ३४ वर्षीय अनुराग मालुको जीवितै उद्धार गरिएको हो । तर, गम्भीर अवस्थामा फेला परेका उनलाई अस्पताल लगिएको छ ।

सफलतापूर्वक आरोहण गरी आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार पाँच सय मिटरको उचाइबाट उनी वेपत्ता भएका थिए । उनको खोजीमा निजी कम्पनीका चारवटा हेलिकोप्टर परिचालन गरिएको थियो ।

यसअघि ‘सेभेन समिट ट्रेक्स’ बाट नै आरोहणमा गएका आरोही नोयल हन्नाको मृत्यु भएको थियो भने भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट जीवितै उद्धार गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल