
काठमान्डौं,८ बैशाख ।
नेपाल विद्युत प्राधिकरणले सेवाग्राहीहरूबाट ४० अर्ब १२ करोड विद्युत महसुल उठाउन बाँकी छ । गत बर्षको तुलनामा यस वर्ष उठाउँन बाँकी रकम १०.१५ प्रतिशतले बढेको हो ।
उठाउन बाँकी रहेको महसुलमध्ये ६७ ग्राहकहरूबाट डेडिकेटेड तथा ट्रंकलाइनको मात्रै १९ अर्ब ९५ करोड रहेको महालेखा परीक्षकले सार्वजनिक गरेको ६०औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । उक्त रकम कुल ४० अर्ब १२ करोडको ४९.७२ प्रतिशत हो ।
यसबाहेक सडक बत्तीको ५ अर्ब १८ करोड रुपैयाँ रकम उठाउन बाँकी रहेको छ । सडकमा बत्ती जडान गर्ने नगरपालिका र गाउँपालिकाले लामो समयदेखि बिद्युत महसुल नतिरेको प्रतिवेदनमा उल्लेख रहेको छ ।
