Birat Post शनिबार, बैशाख ०९, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,९ वैशाख ।
बबरसिंह– देवकुमारी थापा सेवा गुठी विराटनगरले दुई जना स्रष्टाहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा विसं २०५३ को मदन पुरस्कार प्राप्त गर्नु हुने समालोचक प्रा.डा. दयाराम श्रेष्ठ र संगितकार कुशेश्वर राई रहेका छन् । देवकुमारी थापा स्मृति विसं –२०७९ बाट प्रा.डा. श्रेष्ठलाई रु ५१ हजार एवं बबरसिंह थापा स्मृति सम्मान २०७९ बाट राईलाई नगद रु २५ हजार एवं सम्मानपत्रवाट सम्मान गरिएको छ।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजण्डारीले स्रष्टाहरुलाई सम्मान गर्दै साहित्यकार र साहित्य मुलुकको सम्पत्ति भएकोले यसको संस्थागत विकास एवं संरक्षण गरिने बताए । उनले प्रदेशका विभिन्न जातजाति वसोवास गर्ने एउटा फुलवारी भएकोले साझा पहिचानको आधारमा कोशी प्रदेश नामकरण गरिएको बताए । मन्त्री राजभण्डारीले पहिचानवादीले कोशी नामाकरणका विषयमा गरेको विरोध आजको समयमा आवश्यक नरहेको बताए । अवको बाटो कानूनी प्रकियाद्वारा प्रदेशको नाम परिवर्तन सकिने भएकाले त्यो त्यति सहज बाटो नरहेको बताए ।

सम्मानित स्रष्टा प्रा.डा. श्रेष्ठले आगामी दिनमा ‘खुकुरी र सगरमाथा’का विषयमा व्यापक अनुसन्धान गरी पुस्तक प्रकाशन गर्ने उद्देश्यले कार्य प्रारम्भ गरिरहेको जानकारी दिए । गुठीका अध्यक्ष कविराज न्यौपाने, साहित्यकारहरु प्रमोद प्रधान,दधिराज सुवेदी , विवश पोखरेल, दिनेश सुवेदी र हरिमोहन श्रेष्ठले साहित्य ,कला एवं संस्कृतिको विकासबाट मुलुकको समृद्धि झल्किने धारणा राखेका थिए । सोही अवसरमा मन्त्री राजभण्डारीले प्र्रमोद प्रधानले सम्पादन गर्नु भएको ‘देवकुमारी थापाका समग्र कथा’ पुस्तकको विमोचन गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा आवश्यक छ : पूर्वराष्ट्रपति भण्डारी
राप्रपाले विराटनगरमा आमसभा गर्ने , लिङ्देन ,शाही र मिश्र प्रमुख बक्ता
एकता, एकीकरणका नाममा गल्ती गर्न चाहन्न :अध्यक्ष थापा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल