Birat Post सोमबार, बैशाख ११, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर, १० बैशाख ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मुटुको जटिल दीर्घ रोग भएका विरामीको पनि ब्रेन ट्यूमरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । सुनसरीको इटहरी–७ स्थित सुकल्प टोलकी लक्ष्मीदेवी कोइरालाको पिट्यूटरीग्लाण्डमा भएको ट्यूमरको शल्यक्रिया गरिएको हो । डीसीएम नामक मुटुको जटिल दीर्घ रोगका कारण ५५ बर्षीया कोइरालाको मुटुको रक्त प्रवाह क्षमता न्यून छ । जसका कारण शरीर कमजोर हुने र मुटुको चाल गढबढी भएर अप्रेशनका क्रममा ज्यान जानसक्ने जोखिम भएपनि नोबेलमा सफलतापूर्वक अप्रेशन गरिएको हो ।

नाकबाट दुरविन छिराएर विना चिरफार कोइरालाको ब्रेन ट्यूमर निकालिएको नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्लेले जानकारी दिए । ‘मुटुमा समस्या भएका विरामीलाई अप्रेशन गर्ने क्रममा बेहोस बनाउँदा पुन: होसमा फर्काउँन सकिन्छ कि सकिदैन भन्ने एनेस्थेटिक च्यालेन्ज हुन्छ,’ डा.काफ्ले भन्छन्, ‘हामीसँग न्यूरो, कार्डियोसहित एनएसथेसियाको राम्रो टिम भएकाले रिस्की अप्रेशन पनि सफलतापूर्वक गरेका छौं ।’

नोबेलको न्यूरो सर्जरी बिभाग प्रमुखसमेत रहेका डा.काफ्ले नेतृत्वको टिमले कोइरालाको ब्रेन ट्यूमर निकालेको हो । अप्रेशनमा न्यूरो सर्जन प्रा.डा.एडमण्ड जोनाथान, डा.प्रमोद चौधरी, मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपाल, डा.सहदेव ढुंगाना, एनएसथेसियोलोजिष्ट डा.बन्दना पौडेल, डा.सागर दाहालसहितको टिम सहभागि थियो । कोइराला दुई बर्ष अघिदेखि टाउको दुख्ने, बसेपछि उठ्न गाह्रो हुने, हात दुख्ने, सुनिने लगायत समस्याबाट पीडित थिइन् । आँखाको दृष्टि पनि घट्दै गएको थियो ।

समस्या बढेपछि उपचारका लागि उनलाई काठमाडौं र भारतको सिलगुढी पनि लगियो । तर, मुटुको समस्याका कारण अप्रेशन गर्न नसकिने भन्दै डाक्टरले फर्काइदिएको लक्ष्मीका भाई भुपाल भट्टराई सम्झन्छन् । उनी भन्छन्, ‘जहाँ लगेपनि मुटुको समस्या छ, अप्रेशन गर्न सकिदैन भन्दै फर्काए, काठमाडौं र सिलगुढीका अस्पतालले पनि फर्काएपछि केही उपाय नलाग्ने रहेछ भन्ने सोचेका थियौं, अहिले नोबेलमा अप्रेशन भएपछि दिदीलाई ठिक छ ।’

अप्रेशनपछि निको भएर उनी अस्पतालबाट घर फर्किएकी छन् । अहिले उनको आँखाको ज्योति पनि फर्किएको छ । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गरेको नोबेल अस्पतालमा दक्ष चिकित्सक र अत्याधुनिक उपकरणका कारण जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल