Birat Post बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित

featured photo: Birat Post

दाङ ,१४ बैशाख । लुम्बिनी प्रदेशमा आठ राजनीतिक दलकातर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरिँदै छ।

दिउँसो ४ बजे सम्म बहुमतको सरकारको लागि दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो। सोही बमोजिम कांग्रेस, नेकपा माओवादी केन्द्रसहित ८ राजनीतिक दलसहित ५३ जना सांसदको हस्ताक्षर बुझाउने तयारी गरिएको कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले जानकारी दिए। पहिले मुख्यमन्त्री नियुक्त भएपछि मन्त्रालयको भागबन्डा टुंगो लाग्ने कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले जानकारी दिए ।

प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को ३ अनुसार एमालेले आफ्नो नेतृत्वमा अल्पमतको सरकार बनाउने तयारी थालेको थियो। तर प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि बहुमतको सरकार गठन हुन थालेको हो।

प्रदेशमा ८७ जना सांसद रहेका छन्। जसमा सबैभन्दा ठुलो दल एमाले हो। एमालेले संविधानको १६८ को उपधारा ३ अनुसार ठुलो दलको हैसियतमा एमाले कै नेतृत्वमा सरकार बनाउनु पर्ने माग गर्दै प्रदेश प्रमुख शेरचनलाई ज्ञापन पत्र बुझाएको थियो। उता ८ दलले कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री बनाउनको लागि ५३ जना सांसदहरूले चैत १२ गते हस्ताक्षर गरेका छन्।

लुम्बिनी प्रदेशमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पाटीको ३, जनता समाजवादी पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टीका ३, जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एकएक र एकजना स्वतन्त्र सांसद रहेका छन्।

सम्बन्धित

ताजा अपडेट
मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड
पाकिस्तान बन्यो एसियन ई स्पोर्ट्सको च्याम्पियन
देशको शासन व्यवस्था स्वेच्छाचारितातर्फ उन्मुख भएको पूर्व न्यायाधीशहरुको ठहर

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल