विराटनगर, १४ बैशाख ।
नेपाल अर्बुद रोग बिजेता समाजको आयोजना तथा कोशी प्रदेश प्रहरी श्रीमती संघको सहकार्यमा १ दिने पाठेघर तथा स्तन क्यान्सर रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कोशी प्रदेश प्रहरी श्रीमती संघकी कोषाध्यक्ष श्रीमती सिर्जना नेपाल दाहालको प्रमुख आतिथ्यतामा प्रदेश प्रहरी कार्यालय विराटनगरमा सम्पन्न भएको कार्यक्रममा बिशेष गरी महिला प्रहरी कर्मचारीहरु, तथा प्रहरी परिवारका सदस्यहरु र कोशी प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरुका साथै अन्य प्रहरी कर्मचारीहरु गरी १५० जनालाई जाच परामर्श प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाल क्यान्सर सरभाईबर सोसाईटीको अध्यक्ष प्रतिमा खनाल, विराट मेडिकल कलेज टिचिङ हस्पिटलका डा.अस्मिता रायमाझी, विराट मेडिकल कलेज टिचिङ हस्पिटलका डा. ज्योती ओझा र नेपाल क्यान्सर सरभाईबर सोसाईटीको बोर्ड सदस्य पुजा कुवँरले आआफ्नो अनुभव सहित प्रशिक्षण दिएका थिए ।