काठमान्डौं,१५ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले पूर्वयुवराज्ञी हिमानी शाहले सामाजिक सञ्जाल नचलाउने जनाएको छ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हिमानीको फेक अकाउन्टलाई लंक्षित गर्दै बिहीबार पूर्वराजा ज्ञानेन्द्रलाई आफूसँग निहुँ नखोज्न भन्दै आक्रोश व्यक्त गरेका थिए।
बुधबार झापा पुगेका ओलीलाई कोशी नामकरणविरूद्ध आन्दोलन गरिरहेका पहिचानवादीहरूले कालो झन्डा देखाएका थिए भने एक ठाउँमा उनी सहभागी भएको कार्यक्रममा ढुंगामुढासमेत भएको थियो।
हिमानीको उक्त फेक अकाउन्टले ढुंगामुढा भएको भिडिओ राख्दै ओलीलाई ठिक भएको लेखेको थियो। त्यसैको हवाला दिँदै ओलीले छोरा,बुहारीलाई अगाडि सारेर पूर्वराजा ज्ञानेन्द्रले फुरफुर गरेको बताएका थिए।
यद्यपी राजसंस्था समर्थकहरुले सामाजिक सन्जाल चलाएको पाइन्छ । कतिपयले यसको दुरुपयोग पनि गरिदिएका कारण विवादमा फस्ने र हुनसक्ने समस्यातर्फ सचेत हुनुपर्ने विद्धत परिषदका बल्लवप्रसाद दाहाल सुझाउछन् । राजाको सचिवालयले यसतर्फ सचेत रहन र हल्लामा नलाग्न अपिल गरेको छ ।