Birat Post बुधबार, बैशाख २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२० बैशाख ।
नेपाल विद्वत परिषदका पूर्वाञ्चल संयोजक वल्लभ प्रसाद दाहालले राजाको वारेमा जथाभावी नवोल्न ओली,प्रचण्डलाई चेतावनी दिएका छन् । बुधबार विराटनगरमा भएको एक कार्यक्रममा बोल्दै दाहालले राजाको पक्षमा लागेका नेपाली जनता र युवा पुस्ताको आकषर्ण देखेर ओली,प्रचण्डलाई औडाहा भएको आरोप लगाए। राजाप्रति आकर्षण बढेको जगजायरै छ ,यसमा केही नेताहरुलाई पिडा हुनु स्वभाविकै हो दाहालको भनाई थियो ।

केही दिन अगाडि ओली र प्रचण्डले राजाप्रति लंक्षित गर्दै गरेको भनाइ खण्डन गर्दै दाहालले डेढ दर्जन भन्दा वढि राष्ट्रमा राजतन्त्र छ ती देशका जनता महामुर्ख हुन् भनी प्रतिप्रश्न गरेका थिए। बरू ती राजा भएका देशहरु हेर्न लायक समृद्ध मुलुक भएका छन् । नेपाल निर्माण र शाहबंशका राजाहरुले गरेको इतिहास भुल्ने छुट कसैलाई नभएको भन्दै अहिलेका नेताहरुले आफना पुर्खामाथी गद्दारी गरिरहेको आरोप लगाए ।

दल र राजावीच भएको सहमति कार्यान्वयन गरेर देशलाई समृद्धिको बाटोमा लैजान पनि उनले आग्रह गरे । देशप्रेमी र राष्ट्रवादीहरु एकठाउमा उभिएर हिड्ने समय आएको भन्दै दलका नेताहरुलाई नयाँ शिरावाट हिड्न र मार्ग प्रशस्त गर्न आग्रह गरे । जनताको नासो, जनतालाई फिर्ता गरेको र त्यसलाई पनि आत्मसाथ गर्दै अगाडि बढ्न सके देशमा शान्ति हुने बताए । दाहाल पूर्व क्षेत्रमा राजनैतिक विश्लेषक र राजावादी विद्वत नेता मानिन्छन् । उनले पटक-पटक दल र राजा मिलेर देशको समुन्नतीमा लाग्नुपर्नेमा जोड दिदै आएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड
पाकिस्तान बन्यो एसियन ई स्पोर्ट्सको च्याम्पियन
देशको शासन व्यवस्था स्वेच्छाचारितातर्फ उन्मुख भएको पूर्व न्यायाधीशहरुको ठहर

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल