विराटनगर,२३ बैशाख । आज अमेरिकाले डाइभर्सिटी भिसा (डिभी)को नतिजा प्रकाशन गर्दैछ। सन २०२३ का लागि आवेदन दिइएका आवेदकहरुको नतिजा सार्वजनिक गर्ने भएको हो।
यो नतिजा मे महिनाको ६ तारिखमा प्रकाशन हुने गरेको छ। सोही मिति अनुसा आज अमेरिकाले यो नतिजा सार्वजनिक गर्ने भएको हो ।
नेपाली समय अनुसार आज साँझ ९:४५ बजे नतिजा सार्वनिक हुने छ। अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेवसाइटमा गएर आवेदन दिँदा प्राप्त कम्फर्मेशन कोड राखेर नतिजा हेर्न सकिनेछ।