Birat Post सोमबार, बैशाख २५, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२५ बैशाख । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई अदालतले हिरासतमा थप ७ दिन थुनामा राख्न अनुमति दिएको छ ।

नक्कली भूटानी शरणार्थीको परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने नाममा भएको ठगी आरोपमा पक्राउ परेका पाण्डेलाई जिल्ला अदालत, काठमाडौंले आइतबार थप अनुसन्धानका गर्नका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

यसअघि अदालतले सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

शरणार्थी प्रकरणमा अमेरिका लैजान खोजेको आरोपमा धमाधम भिआइपीहरु पक्राउ परिरहेका छन् । पूर्वमन्त्री टोपबहादुर रायमाझीको खोजी भइरहेको छ भने उनका छोरा सन्दीपलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ । साथै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरिसकेको छ भने उनका छोरा प्रतिकलाई पनि पक्राउ पुर्जी जारी भएको छ ।

सम्बन्धित

ताजा अपडेट
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल