Birat Post मंगलबार, बैशाख २६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ बैशाख / उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।

भर्खरै सम्पन्न एसिसि प्रिमीयर कपमा राष्ट्रिय टिमले ऐतिहासिक जित निकाल्दै एशिया कपमा क्वालीफाई गरी भारत, पाकिस्तान जस्ता विश्व क्रिकेटमा वर्चस्व कायम गर्न सफल टेस्ट क्रिकेट खेल्ने राष्ट्रसंग खेल्ने अवसर प्राप्त गरी राष्ट्रिय गौरव उचो वनाएको खुशियालीमा खेलाडीको सम्मान गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

सम्मान कार्यक्रम संगै खेलाडीहरुको नगर परिक्रमा गराईने कार्यक्रम रहेको छ । वैशाख २७ गते वुधवार दिनको ११.४५ वजे कन्चनवारी एयरपोर्ट मोडबाट–बरगाछी–तीनपैनि–मेनरोड, ट्राफिक चोक हुदै रोडशेष चोकसम्म र त्यहाबाट पुन: महेन्द्र चोक हुदै बरगाछीसम्म परिक्रमा गर्ने गरी रुट तय गरिएको यो कार्यक्रम संयोजन गरिरहेका उद्योग संगठन मोरङ कार्यसमिति सदस्य एवं पूर्व क्रिकेट खेलाडी पारस लुनियाले जानकारी दिए ।
सोही दिन आयोजक संस्थाले राष्ट्रिय टिमका खेलाडी तथा अफिसियललाई संयूक्त रुपमा सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी नेपाल राष्ट्रिय टिमका ट्रेनर अब्दुल सतारको स्वास्थ्य उपचारमा सहयोगार्थ तीनवटा संस्थाका तर्फबाट आर्थिक सहयोग गर्ने कार्यक्रम समेत रहेको लुनियाले वताए ।

एसिसि कपको छनौट चरणका सबै खेलमा उत्कृष्ट प्रदर्शन गरी क्रिकेट खेलका माध्यमबाट अन्तराष्ट्रिय क्ष्ँेत्रमा देशको शिर उचो पार्न सफल खेलाडीको सम्मानमा आयोजना गरिने नगरपरिक्रमको क्रममा आ–आफनो स्थानबाट स्वागत गरि खेलाडीहरुलाई हौसला प्रदान गरिदिन उनले अनुरोध गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल