Birat Post शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित

featured photo: Birat Post

कौशल निरौला

नेपालमा राजनैतिक परिवर्तन संगै आएका ,बनेका र बन्न सौभाग्य पाएका गृहमन्त्रीहरु विवादरहित बन्न सकेका छैनन् । यसका पछाडी धेरै कारण छन् जुन इतिहासमा खुलासा हुदै जानेछन् ।

नेपालमा २०४६ सालको बहुदलीय व्यवस्था घोषणापछि नेपालमा २६ पटक गृहमन्त्री फेरिए । रेकर्ड हेर्दा यीमध्ये धेरै गृहमन्त्री विवादमा तानिए । कतिले सहजै उम्कन पनि पाए । जसमध्ये ५ गृह मन्त्रीहरुले भने विविध कारण जेलको हावानै खानुपरेको छ ।

२०४६ चैत्र २४ देखि २०४८ जेठ १४ सम्म योग प्रसाद उपाध्यायले गृह मन्त्रालय सम्हालेका थिए । त्यसपछि २०४८ को आम निर्वाचनपछि नेपाली कांग्रेसको एकल बहुमतमा सरकार गठन हुँदा गृहमन्त्री बनेका शेरबहादुर देउवा हाल ५ पटक देशको प्रधानमन्त्री भइसकेका छन्। देउवाले २०४८ जेठ १५ देखि २०५१ मंसिर १३ सम्म गृहमन्त्रालय सम्हालेका थिए।

त्यसैगरी, २०५१ सालको मध्यावधि निर्वाचनपछि नेकपा एमालेको अल्पमतको सरकारमा गृहमन्त्री रहेका केपी शर्मा ओली पनि २ पटक देशको प्रधानमन्त्री भइसकेका छन्। हाल नेकपा एमाले अध्यक्ष रहेका ओली २०५१ मंसीर १४ देखि २०५२ असोज ६ सम्म गृहमन्त्री बनेका थिए।

ओलीपछि खुमबहादुर खड्का ५ असोज २०५२ मा मन्त्रालय हेरफेर हुँदा गृहमन्त्री बने । खड्का ०५३ फागुन २८ सम्म गृहमन्त्री रहे । खड्कापछि एमाले नेता वामदेव गौतमलाई गृहमन्त्री बनाइयो । उनी २०५३ फागुन २९ देखि ०५४ असोज २६ सम्म गृहमन्त्री भए र सोही समयमा सुन काण्डदेखि स्थानीय निकाय निर्वाचनमा चरम धाँधली भएको आरोप लाग्यो ।

वामदेवपछि राप्रपा नेता बुद्धिमान तामाङ गृहमन्त्री बने । उनले २०५४ असोज २७ देखि २०५४ मंसिर १७ सम्म मन्त्रालय सम्हालेका थिए । त्यसपछि कांग्रेस नेता खुमबहादुर खड्का पुन २०५४ मंसीर १८ देखि २०५५ वैशाख ७ सम्म गृहमन्त्री बने । खुमबहादुरपछि कांग्रेस नेता गोविन्दराज जोशी गृहमन्त्री नियुक्त भए । उनले २०५५ वैशाख ८ देखि २०५६ असार १५ सम्म मन्त्रालयको जिम्मेवारी सम्हाले ।
त्यसपछि पनि गृह मन्त्रालय कांग्रेसकै भागमा परो । गृहमन्त्री नेता पूर्णबहादुर खड्का भए । खड्काले २०५६ असार १६ देखि २०५६ चैत ७ सम्म मन्त्रालयको जिम्मेवारी पाए। खड्कापछि कांग्रेस नेता रामचन्द्र पौडेलले गृहमन्त्रीको जिम्मेवारी सम्हाले । हाल राष्ट्रपति रहेका पौडेल २०५६ चैत ८ देखि २०५८ साउन १० सम्म गृहमन्त्री थिए।

२०५८ जेठ १९ मा दरबार हत्याकाण्ड घटेपछि तत्कालीन राजा ज्ञानेन्द्र शाह राजा भए । माओवादीको युद्ध सक्रिय भइरहदा देशले गृहयुद्धको मार खेपिरहेको थियो । यस वीचमा धर्मबहादुर थापा र दानबहादुर शाहीलाई गृहमन्त्री भए । यस पछि राप्रपा नेता कमल थापाले गृहमन्त्रीको पद सम्हाले । ०६२ -०६३ को दोस्रो जनआन्दोलनपछि गृह मन्त्रालयको जिम्मेवारी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले सम्हाले । उनले २०६३ वैशाख १२ देखि २०६५ भदौ ५ सम्म गृह मन्त्रालयको जिम्मेवारी लिएका थिए । ०६४ को संविधानसभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो दल बन्यो । सरकारमा एमाले नेता भीम रावल गृहमन्त्री बने ।

रावलपछि लगत्तै माओवादी नेता कृष्णबहादुर महरा गृहमन्त्री भए भने केही दिन नारायणकाजी श्रेष्ठ र त्यसपछि कांग्रेस नेता विजय गच्छदार गृहमन्त्री भए। महरा २०६८ वैशाख १ देखि २०६८ साउन १५ सम्म र श्रेष्ठ ०६८ साउन १६ देखि २०६८ भदौ ३ सम्म गृहमन्त्री बने । त्यसपछिका गच्छदार भने ०६८ भदौ १२ देखि ०६९ फागुन ३० सम्म गृहमन्त्रीको जिम्मेवारीमा रहेर काम गरेको रेकर्ड छ ।
अनेकन उतरचडाव यस वीचमा पनि आयो । यसका लागि दलका नेताहरुले सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायधिश खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा माधवप्रसाद घिमिरेलाई गृहमन्त्री बनाए । उनले ०६९ फागुन ४ देखि ०७० माघ २७ सम्म मन्त्रालय सम्हाले । त्यसपछि माओवादीका शक्तिबहादुर बस्नेत गृहमन्त्री भए । उनले ०७२असोज १ देखि ०७३ साउन २० सम्म मन्त्रालयको जिम्मेवारी बहन गरे । त्यसपछि कांग्रेस नेता विमलेन्द्र निधी गृहमन्त्री बने । उनले ०७३ साउन २० देखि ०७४ जेठ २४ सम्म गृह मन्त्रालय चलाए । निधीपछि माओवादी नेता जनार्दन शर्मा गृहमन्त्री भए । शर्माले ०७४ असार १२ देखि ०७४ असोज ३१ सम्म मात्रै गृह मन्त्रालयको जिम्मेवारी लिए । माओवादी नेता शर्मापछी गृहमन्त्री बनेका रामबहादुर थापा बादलले ०७४ फागुन १४ देखि ०७८ असार २८ सम्म मन्त्रालयको जिम्मेवारी पाए । त्यसपछि गृहमन्त्रीमा कांग्रेसका बालकृष्ण खाणले जिम्मेवारी पाए । उनले ०७८ असार २९ देखि ०७९ पुस ११ सम्म गृह मन्त्रालय सम्हाले।

०७९ मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनबाट २० सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टीको उदयसँगै त्यसका सभापति रवि लामिछाने गृहमन्त्री बन्ने सौभाग्य प्राप्त गरे । उनी नागरिकता विवादमा परेपछि उनले उपप्रधानमन्त्री एवम् गृहमन्त्रीबाट ३१ दिनमै राजीनामा दिए । लामिछानेले ०७९ पुस ११ देखि माघ १३ सम्म मात्रै सो मन्त्रालय सम्हाले । त्यसपछि अहिले गृहमन्त्रीको जिम्मेबारी नारायणकाजी श्रेष्ठले पाएका छन् । नारायणकाजी श्रेष्ठ सम्म आइपुग्दा २५ पटक गृह मन्त्रालयको नेतृत्व फेरिंएको छ । जसमध्ये पूर्वगृहमन्त्री स्व.खुमबहादुर खड्का, गोविन्दराज जोशी, कृष्णबहादुर महरा र बालकृष्ण खाण प्रहरीबाटै पक्राउ परे । विजय गच्छदार भने एकैपटक अदालतमा उपस्थित भएर धरौटी बुझाए । खड्का,जोशी र गच्छदारलाई भ्रष्टाचार काण्ड र महरामाथि यौन दुर्व्यवहारको आरोप लाग्यो । अदालतको आदेशपछि डिल्लीबजार कारागारमा राखिएका महराले यस मुद्दामा सफाइ पाइसकेका छन्।

बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपेका गच्छदार अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । लामो समय फरार रहेका उनी सीधै विशेष अदालतमा हाजिर भएका थिए ।

पूर्वमन्त्री खड्काले पदको दुरुपयोग गरी अकुत सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरी भ्रष्टाचार गरेको भन्ने आयोगमा उजुरी परेको थियो । यसैगरी, २०४८ पछि पटक पटक मन्त्री रहँदा जोशीले अकूत सम्पत्ति आर्जन गरेको र सो सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेषमा मुद्दा परेको थियो। पूर्वगृहमन्त्री वाबमदेव गौतमलाई सुन तस्करीको आरोप लाग्यो भने , रामबहादुर थापा बादल पनि विवादरहित गृहमन्त्री बन्न सकेनन्।

पूर्वगृहमन्त्री रवि लामिछाने नागरिकता विवादमा तानिए । उनलाई अझै केही आरोपको सामना गरिरहनुपरेको छ । भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाण हिरासतमै छन् ।यो प्रकरण अमेरिका संग समेत जोडिएको हुदा अन्य शिर्ष नेताहरुले पनि जेलको हावा खानुपर्ने कुरालाई सहजै अनुमान लागाउन सकिन्छ । यो घटनाक्रमले नेपालको राजनैतिक परिवर्तनमा पनि उतार चडाव ल्याउने हो की या माओवादीको नेतृत्वमा रहेको सरकार र गृह मन्त्रालय संहालेका नारायणकाजी श्रेष्ठको समेत हुर्मत लिने हो ,हेर्न बाकी छ ।

सम्बन्धित

ताजा अपडेट
तीजको पहिलो दिन आज दर खाइँदै
कांग्रेस र एमाले बीचको सहमति कार्यान्वयनमा शङ्का नगरौँः गृहमन्त्री
सुनसरीमा घर वापसी कार्यक्रम,१५ सय हिन्दूलाई पुनः स्वधर्ममा गरियो स्वागत

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल