Birat Post शनिबार, जेठ १३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ जेठ/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले काली मन्दिर विराटनगरको पहिचान र एकताको प्रतीक भएको बताउनुभयो । उहाँले धर्म र संस्कृतिमाथि पछिल्लो समय आक्रमण भइरहेको उल्लेख गर्नुभयो । मेयर कोइरालाले पुस्तान्तण हुँदै गएमा मात्रै धर्म र संस्कृतिको संरक्षण हुने दाबी गर्नुभयो ।

विराटनगरस्थित काली मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको गरिब तथा विपन्न महिलाहरुका लागि सारी वितरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरका तर्फबाट कला, साहित्य, धर्म र संस्कृतिको विकास र संवद्र्धनका लागि कुनै कसर बाँकी नराख्ने प्रस्ट पार्नुभयो । सो अवसरमा व्यवस्थापन समितिले गरिब तथा विपन्न महिलाहरुलाई सारी वितरण गरेको छ । समितिले विराटनगर–११ का महिलाहरुलाई सारी वितरण गरेको हो ।

शनिबार मन्दिर परिसरमा आयोजित एक समारोहमा मेयर कोइराला र मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष डा. मीनाक्षी नेपालले सारी वितरण गर्नुभयो । विराटनगर–११ मा बसोबास गर्ने गरिब तथा विपन्न महिलाहरुलाई सारी वितरण गरिएको व्यवस्थापन समितिकी अध्यक्ष नेपालले जानकारी दिनुभयो । सोही अवसरमा गत बडादशैंमा मन्दिरमा स्वयमसेवकका रुपमा कार्यरत ६० जना युवायुवतीहरुलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो ।

कार्यक्रममा व्यवस्थापन समितिकी अध्यक्ष नेपालसहित उपाध्यक्ष चन्द्रमणि न्यौपाने, निवर्तमान अध्यक्ष सुदर्शनबहादुर श्रेष्ठ, कोषाध्यक्ष सुवर्णभक्त जोशी, सञ्चालक समिति सदस्य गोपाल गुप्ता, स्वयमसेवक परिचालन समितिका संयोजक दीपक साहलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
राप्रपाले विराटनगरमा आमसभा गर्ने , लिङ्देन ,शाही र मिश्र प्रमुख बक्ता
एकता, एकीकरणका नाममा गल्ती गर्न चाहन्न :अध्यक्ष थापा
पाशुपत क्षेत्रभित्र सवारी साधन सञ्चालनमा रोक, एक वर्षपछि लाश गाड्न नपाइने

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल