Birat Post सोमबार, आषाढ ०४, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,४ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले युवाहरुको हातमा बन्दुक थमाएपछि पासपोर्ट थमाउनु आफूहरुको बाध्यताको कदम भएको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित आयोजित नेपाल ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले युवाहरुले खाडी देशहरुमा पसिना बगाएको देख्दा कुनै पनि दल र राष्ट्र मुस्कुराउन नसक्ने बताएका हुन् ।

उनले भने, युवा उमेरका पसिना खाडीँ देशमा बगाउदैँ गर्दा कुनै पनि दलले, कुनै पनि राष्ट्रले मुस्कुराउन सक्दैन । युवाको हातमा बन्दुक थमाएपछि हामीले पासर्पोट थमायौं त्यो हाम्रो बाध्यताको कदम थियो । कांग्रेसको नीति अधिवेशन पनि बन्छ । नीति अधिवेशनको ढोका खुल्ला राखिराखेर नेपाली कांग्रेस पार्टीले त्यसलाई ग्रहण गर्ने छ ।

महामन्त्री शर्माले नेपाल सतिले सरापेको देश नभइ गौतम बुद्धको आशीवार्द प्राप्त गरेको देश हो भन्ने खालको मनोविज्ञान कांग्रेसले स्थापित गर्न नसकेको बताए । उनले भने, हामीले काम गर्ने समय प्रशस्त पायौं तर हामीसंग व्यवस्थित सपना भएन । हामीले काम नगरेको हैन तर व्यवस्थित सपना भित्र राखेर त्यसलाई प्रयोग गर्न सकेनौं । यो देशमा केही भएको छ । धेरै कुराहरु गर्न बाकीँ नै छ । यो देश बन्छ । यो देश बनाउन सकिन्छ । यो देश सतिले सरापेको देश हैन । भगवान गौतम बुद्धको आर्शीवाद प्राप्त भएको देश हो भन्ने खालको मनोविज्ञान हामी नेपाली कांग्रेसले स्थापित गर्न सकेनौं ।’

महामन्त्री शर्माले सम्पूर्ण रुपमा श्रमिक आन्दोलनले उठाएका कुरालाई बोल्न, बोक्नलाई पार्टीको केन्द«मा होस्, नीति अधिवेशनमा होस्, संसदमा हो या सरकारमा होस् जहाँ पनि आफुहरु तयार रहेको बताए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल