Birat Post सोमबार, आषाढ ११, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,११ असार ।

लागुऔषध दुरुपयोग ओसारपसार विरुद्ध आन्तर्राष्ट्रिय दिवस २६ जुन २०२३ को अवसरमा सचेतना मुलक कार्यक्रम संचालन गरिएको छ । “लागुऔषध दुरुपयोग विरुद्धको ऐक्यबद्धता व्यक्ति, समाज र राष्ट्रको प्रतिबद्धता” भन्ने मुल नाराको साथ सोमबार कोशी प्रदेश प्रहरी कार्यालय लगायत र मातहतका जिल्ला प्रहरी कार्यालयहरुले बिभिन्न संघ संस्थासंगको समन्वयमा सचेतना मुलक कार्यक्रमहरु संचालन गरेका हुन् ।

विराटनगर महानगर स्थित पोखरिया माध्यामिक विद्यालयमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवको प्रमुख अतिथ्यता तथा प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख राजेशनाथ बास्तोलाको विशिष्ट अतिथ्यतामा संचालन भएको कार्यक्रममा लागूऔषध दुरुपयोग ओसारपसार विरुद्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी पर्चा पम्पलेट वितरण तथा लागूऔषध सम्बन्धी जनचेतनामुलक भिडियोहरु प्रदर्शन गरिएको थियो ।

उक्त कार्यक्रममा सामुदायिक प्रहरी सेवाकेन्द्र तिनपैनीका अध्यक्ष मिना जोशी, अन्य सुरक्षा निकायका प्रतिनिधीहरु, स्थानिय तहका जनप्रतिनिधीहरु, संघ संस्थाका प्रतिनिधीहरु, विद्यालयका विद्यार्थीहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो । अन्तराष्ट्रिय लागुऔषध दिवशको अवसरमा कोशी प्रदेश अन्तरगत रहेका सबै जिल्ला प्रहरी कार्यालयहरुले आ-आफ्नो जिल्लामा लागुऔषध सम्बन्धी सचेतना मुलक कार्यक्रमहरु संचालन गरेका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल