Birat Post मंगलबार, आषाढ १९, २०८० मा प्रकाशित

featured photo: Birat Post

झापा, १९ असार । ‘एभरेष्ट हाइपर मार्केट’ले आफ्ना ग्राहकका लागि पेट्रोल नि:शुल्क उपलब्ध गराउन शुरु गरेको छ । मार्केट स्थापनाको चौथो बर्ष प्रवेशसंगै ग्राहकलाई नि:शुल्क पेट्रोल उपलब्ध गराउन शुरु गरेको मार्केटका सञ्चालक चान महमदले जानकारी दिए । बाह्रदशी गाउँपालिका– ३ स्थित राजगढ बजारमा रहेको हाइपर मार्केटले टाढाबाट सामान खरिदका लागि आउने ग्राहकलाई मध्यनजर गर्दै यो व्यवस्था लागू गरेको हो । टाढाबाट आउने ग्राहकलाई तीनहजार र नजिकबाट आउने ग्राहकलाई चार हजार रुपैयाँको सामान खरिदमा एक लिटर पेट्रोल नि:शुल्क दिन थालेको छ ।

ग्रामीण क्षेत्रमा रहेर एउटै छानामुनि सबै प्रकारका सामग्री उपलब्ध गराउदै आएको हाइपर मार्केटले सुलभ र गुणस्तरीय सामग्री उपलब्ध गराउँदै आएको छ । औषधि बाहेकका सबै सामग्री एकै ठाउँमा उपलब्धहुने भएपछि ‘एभरेष्ट हाइपर मार्केट’ सबैको रोजाइमा पर्ने गरेको छ । यस अघि ‘सस्तो बजार’ का नामबाट दक्षिणी क्षेत्रका सर्ब साधारणलाई सरल र सुलभ मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउँदै आएको हाइपर मार्केटले हरेक सामग्री खरिमा विशेष अफरको आयोजना गर्दै आएको छ । घरमा प्रयोग गरिने खाद्यन्य देखि लत्ताकपडासम्मका सामग्रीको खरिदमा विशेष छुट उपलब्ध गराएर जिल्लामै सस्तो सामग्री विक्री केन्द्रका रुपमा चिनिएको छ ।

मार्केट स्थापनाको चार वर्ष प्रवेशसंगै ग्राहकको सुविधालाई मध्यनजर गर्दै पेट्रोल फ्रि गरिएको सञ्चालक महमदको भनाई छ । मार्केटले उपलब्ध गराउदै आएको सेवालाई ग्राहकले औधि मन पराएको र उनीहरुकालागि समेत मार्केटका तर्फबाट उपहार स्वरुप एक लिटर पेट्रोल दिने अभियान सञ्चालन गरेकाहौं – उनले भने ।
त्यसो त रहेक सामग्री खरिदमा कुनै न कुनै छुट सुविधा मार्केटले उपलब्ध गराएकै हुन्छ उनले भने – यस पटक नयाँ सोधका साथ हामीले हाम्रा ग्राहकलाई इन्धन उपलब्ध गराउने निर्णय गरेकाहौ । अब सामग्री खरिदकालागि आउने जो कोहीले पनि पेट्रोल नि:शुल्क पाउनु हुन्छ महमदले भने ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल