Birat Post आइतबार, आषाढ २४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२४ असार / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर बनाउने दायित्व र जिम्मेवारी हरेक महानगरवासीको भएको बताउनुभएको छ । विराटनगरस्थित सन्सारीमाईस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद मास्केले निर्माण गरेको एकतले भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले हरेक महानगरवासीको साथ र सहयोगले मात्रै विराटनगरलाई भावीपुस्ताले गर्व गर्न लायक बनाउन सकिने बताउनुभयो ।

उहाँले सबैको सामूहिक प्रयास र प्रयत्नबाट मात्रै विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउन सकिने विचार राख्नुभयो । “आफ्नो घर अगाडि सफा राख्ने, समयमै कर तिर्ने, निर्माणका काममा कतै कमीकमजोर भएका छन् भने खबरदारी गर्ने दायित्व महानगरवासीको पनि हो,” मेयर कोइरालाले भन्नुभयो, “मेरो हैसियत र महानगरवासीको हैसियत एउटै हो । म अहिले मेयर छु । म पनि यहींको बासिन्दा हुँ ।”

विराटनगर बनाउन महानगरवासी आ–आफ्नो ठाउँबाट जागरुक हुनु जरुरी रहेको उल्लेख गर्नुभयो । पसल र घर अगाडि हरेकले दुईवटा गमला राख्ने हो भने महानगरले परिकल्पना गरेको सुन्दर विराटनगर हुने उहाँको भनाइ थियो । महानगरसित सीमित स्रोत साधनका कारण धेरै काम गर्ने चाहना हुँदाहुँदै पनि गर्न नसकेको प्रस्ट पार्नुभयो । उहाँले कृष्णप्रसाद मास्केको जस्तै खुल्ला हृयद हुने हो भने विराटनगर बन्न धेरै समय नलाग्ने बताउनुभयो ।

कार्यक्रममा समाजसेवी मणिकुमार अज्र्याल, राजेश मास्केलगायतले मन्दिरको संरचना र सम्वद्र्धमा सहयोग गर्न महानगरसित आग्रह गर्नुभएको थियो । सन्सारीमाई मन्दिर पूर्व निर्मित भवनमा जमरा राख्ने, ज्येष्ठ नागरिक भेटघाट तथा मनोरञ्जन, विवाहलगायतका कार्यमा प्रयोग गरिनेछ ।

 

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल