Birat Post बुधबार, आषाढ २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२७ असार । सर्वोच्च अदालतले नवगठित कोशी सरकारविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । योसँगै मुख्यमन्त्री उद्धव थापाको नियुक्ति तत्काललाई जोगिएको छ । लगातार तीनदिन पेसी तोकिए पनि हेर्न नभ्याइएको रिट निवेदनमा आज सुनुवाइ भएर आदेश जारी भएको हो ।

सर्वोच्चले मुख्यमन्त्री थापालाई काम चलाउनको हैसियतमा राख्दै दीर्घकालीन महत्वका कुनै पनि निर्णय नलिन आदेश दिएको छ। जारी आदेशमा उल्लेख गरिएको छ, ‘अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा प्रस्तुत मुद्दामा तत्कालै लिखित जवाफ पेश गर्ने र इजलासबाटै निर्णयार्थ सुनुवाईको मिति तोकिएको हुँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म दिर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम प्रत्यर्थीहरुको नाउँमा अन्तरिम आदेश जारी गरिएको छ।’

थापा नेतृत्वको सरकार अवैधानिक भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले असार २२ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिट निवेदनमा असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशसमेत माग गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल