अमेरिका,२९ असार । अमेरिका स्थित राज्यको क्विन्स काउन्टीको ऐसेम्बली जिल्ला ३० को क्विन्स डेमोक्रेटिक पार्टी जुडिसियल डेलिगेटमा नेपाली मुलका सोमनाथ घिमिरे निर्वाचित भएका छन् । हालै साता सम्पन्न चुनाववाट उनि निर्वाचित हुन सफल भएका हुन् । उनी अमेरिका स्थित गिरिजा प्रसाद कोईराला फाउण्डेशनका अध्यक्ष समेत हुन् ।
विगत २७ बर्षदेखी अमेरीकाको न्युयोर्कलाई कर्मथलो बनाई विभिन्न सामाजिक एवं अमेरिकी मूलधारको राजनीतिमा सक्रिय रहेका घिमिरेले नेपालमा समेत सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । कोरोना कहरको समयमा फाउन्डेशन टीमको सक्रियतामा अमेरिकामा मानवीय सहयोगमाअहोरात्र खटीएका थिए । क्विन्स क्षेत्रलाई केन्द्रमा राखी उनले राष्ट्रपति बाईडेन, ओबामा र क्लिन्टनको राष्ट्रपतिय चुनावीअभियानमा डेमोक्रेटिक पार्टीको सिपाही स्वयंसेवक भएर खटिएका थिए ।
घिमिरे विराटनगर रहदा २०४५ र४६ सालको प्रजातान्त्रीक जन आन्दोलनमा ने.वि.संघ, तरुण दल र नेपाल शिक्षक संघ सॅंग आबद्ध भएर समेत काम गरेका थिए । प्रवासमा रहदा पनि सामाजिक र राजनितिक क्षेत्रमा छुट्टै छवी बनाएका उनको नेपाली समाजले स्वागत सम्मान समेत गरेको छ ।