Birat Post आइतबार, साउन १४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१४ साउन / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वडा तहदेखि नै सुशासन दिन नसके जनतामा असन्तुष्टि आउन सक्ने बताएका छन् । मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर १ को नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले वडा तहदेखि नै सुशासन दिन सकेमात्रै जनताले संघीयताको महसुस गर्ने बताए ।

उनले स्थानीय तहका जनप्रतिनिधिहरू सुविधाभोगी नभई जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न लाग्नुपर्नेमा जोड दिए । “संविधानले परिकल्पना गरेअनुसार जनताको घरदैलोको सरकार भनेको स्थानीय सरकार नै हो । स्थानीय सरकारसित जनताका बढी अपेक्षा पनि हुन्छ,” कोइरालाले भने, “जनताले अपेक्षा गर्ने र सधैं भेट्ने सरकारले जनतालाई राम्ररी डेलिभरी र सुशासन दिन सकेन भने संघीयतामाथि नै प्रश्न उठ्न सक्छ । संघीयतामाथि प्रश्न उठ्नु भनेको देश अराजकता र अस्थिरतातर्फ जानु हो ।”

नेता कोइरालाले वडा तहदेखि नै प्रशासनिक खर्चमा मितव्ययिता अपनाएर जनतालाई सहज रुपमा सेवा प्रवाह गर्नु आवश्यक रहेको औंल्याए । सुशासन नभएकै कारण धेरै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूमाथि भ्रष्टाचारको आरोप लागिरहेको उनको भनाइ थियो । जनताको धेरै चाहना नभएको बताउँदै कोइरालाले भने, “जनताले धेरै अपेक्षा गरेका छैनन्, उनीहरूलाई सर्वसुलभ शिक्षा र स्वास्थ्यको पहुँचसँगै सडक र पुलपुलेसा भए पुग्छ ।” विकासका विषयमा स्थानीय तहहरूबीच प्रतिस्पर्धा हुनु जरुरी रहेको नेता कोइरालाले उल्लेख गरे ।

भवन निर्माणका लागि सुनसरीको दुहबीस्थित पारस कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिसँग २०७७ पुस २० गते ठेक्का सम्झौता भएको थियो । स्थानीय जग्गादाताले नि:शुल्क उपलब्ध गराएको २ कठ्ठा जग्गामा ७९ लाख २७ हजार लागतमा निर्मित भवनमा गाउँपालिकाका अध्यक्षको समेत सम्पर्क कार्यालय राखिएको वडाध्यक्ष सोमराज काफ्लेले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगर, उपाध्यक्ष अमृताकुमारी गच्छदार, पूर्वअध्यक्ष बालचन माझी, जग्गादाता खिलानाथ निरौलालगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा जग्गादाता मोहनप्रसाद कोइराला, हरिप्रसाद निरौला, नगेश कोइराला, खिलानाथ निरौला, महेशप्रसाद कोइराला, मदन कोइराला र प्रेमु कोइरालालाई सम्मान गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल