Birat Post सोमबार, साउन १५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ साउन । ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएका विराटनगरका आयुष भेटवाललाई जिल्ला अदालत मोरङले धरौटीमा रिहा गर्न आदेश गरेको छ। भेटवालमाथि घर फर्किरहेका मजदुरमाथि अमानवीय रूपमा मुक्का प्रहार गर्दै बेहोस बनाएको आरोपमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो।

सोमबार जिल्ला अदालत मोरङमा न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले १९ वर्षीय भेटवाललाई १ लाख रुपैयाँ राखेर धरौटीमा रिहा गर्न आदेश भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

सूचना अधिकारी बुढाथोकीका अनुसार वादीतर्फबाट सरकार र प्रतिवादीका कानुन व्यवसायीको थुनछेक बहस सकिएसँगै भेटवालविरुद्ध दायर भएको ज्यान मार्ने उद्योग मुद्दामा अदालतले रिहा गर्न आदेश दिएको हो।

घटना भएको समय साथमा रहेका भेटवालका १७ वर्षीय साथी किशोरलाई पक्राउ गर्न अदालतद्वारा ३५ दिनको म्याद जारी भएको उनले बताए।

भेटवालविरुद्ध आइतबार ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो।
असार २० गते राति विराटनगरको दुधफारम चौक नजिक राति ८ बजे भेटवालले एक्कासी साइकलमा सवार २७ वर्षीय पवन साहमाथि आक्रमण गरेका थिए।

बूढीगंगा गाउँपालिकास्थित आरती स्ट्रिप्समा कार्यरत साह कामबाट घर फर्कंदै गर्दा मदिरामा रहेका भेटवालको मुक्का प्रहारमा परेका थिए। दक्षिणबाट उत्तरतर्फ कुदेको बा.१५ च ३४४५ कारमा सवार भेटवालले विपरीत दिशाबाट साइकलमा आएका साहलाई अचानक मुक्का प्रहार गरेका थिए। सो क्रममा साह साइकलबाट सडकमा बेहोस हुँदै ढलेका थिए। घटनाको सबै दृश्य सिसिटीभी फुटेजमा रेकर्ड भएको थियो। सोही फुटेजलाई आधार मान्दै भेटवाललाई नियन्त्रणमा लिएको थियो।

सम्बन्धित

ताजा अपडेट
पृथ्वीनारायण शाह, जंगबहादुर र बिपीले नेपालको अस्तित्व जोगाएका हुन्ः पशुपति शमशेर
दुध उत्पादक कृषकका समस्या समाधान हुन्छ : मुख्यमन्त्री कार्की
विराटनगरमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाइ

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल