Birat Post शुक्रबार, साउन १९, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१९ साउन /
विराटनगरमा शनिवार (भोलि) आयोजना गर्न लागिएको ‘तनस्का फेसन शो रनवे’ मा बरिष्ठ हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला र चर्चित मोडेल सविता कार्की आउँने भएका छन् । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले आयोजना गरेको फेसन शो रनवेमा प्रमुख कलाकारका रुपमा निरौला र शोस्टपरका रुपमा कार्की आउँन लागेकी हुन् ।

फेसन शो मा तनस्का फेसन स्टुडियोका १२ जना डिजाइनरले तयार गरेका पहिरनको प्रदर्शनी हुनेछ । कलाकार निरौला र कार्की दुवै जना तनस्काको ड्रेस लगाएर र्‍याम्पमा उत्रने तनस्का फेसन स्टुडियोका सञ्चालक बनिसा शर्मा कटेलले जानकारी दिइन् । कलाकार निरौला र कार्कीसँगै २ पुरुष र १६ जना महिला गरी १८ जना मोडेलहरू र्‍याम्पमा उत्रने छन् । र्‍याम्पमा पुरुषतर्फ कलाकार दिवस धिताल र रमननाथ गिरी देखिनेछन् ।

प्रसिद्ध कार्यक्रम प्रस्तोता रिता कटेलले सञ्चालन गर्ने फेसन शो रनवे कार्यक्रममा गायिका सत्यकला राई र र्‍यापर शैलेश निरौलाले पनि सांगीतिक प्रस्तुती दिनेछन् । विराटनगर–३ गोग्राहा चोकस्थित कञ्चनजंघा व्याङ्केटमा साँझ ६ बजेबाट कार्यक्रम सुरु हुनेछ । विराटनगर महानगरपालिकाकी उपप्रमुख सिल्पा निराला कार्कीले कार्यक्रम उद्घाटन गर्ने फेसन शो का प्रचारप्रसार समिति संयोजक रविन कटेलले जानकारी दिए ।

भारतको कोलकतास्थित नेसनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजी कलेजबाट फेसन डिजाइनमा स्नातकोत्तर गरेकी बनिसाले २०७७ सालबाट फेसन स्टुडियो सञ्चालन गरेकी हुन् । यो स्टुडियो, फेसन डिजाइन पढेका डिजाइनरले नै सञ्चालन गरेको कोशी प्रदेशको पहिलो फेसन स्टुडियो पनि हो ।

सामान्य सर्वसाधारणदेखि स्थापित भइसकेका राष्ट्रिय कलाकारहरूले पनि तनस्का फेसन स्टुडियोमा तयार भएका ड्रेस लगाउँने गरेका छन् । सीटीईभीटीबाट मान्यता प्राप्त सो कलेजले फेसन डिजाइनको डिप्लोमा लेबलको कोर्ष अध्ययन गराउँदै आएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल