Birat Post शुक्रबार, साउन २६, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२६ साउन । गौर हत्याकाण्डका बारेमा जनता समाजवादी पार्टी नेपालले आज आफनो धारणा सार्बजनिक गर्ने भएको छ । सरकारले गौर हत्याकाण्ड पीडितसँग छानबिन गर्ने सम्झौता गरेपछि सरकारसँग सशंकित रहेको जसपा नेपालले उक्त घटनाका बारेमा आफनो धारणा सार्बजनिक गर्न लागेको हो ।

त्यसका लागि दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछ । ‘आज दिउँसो २ बजे गौर हत्याकाण्डलगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पार्टीको धारणा सार्बजनिक गर्दैछौं,’ प्रवक्ता मनिष सुमनले भने । सरकारले गौर हत्याकाण्ड पीडितसँग उक्त घटनाका बारेमा छानबिन गर्ने प्रतिवद्धता हालै जनाएको थियो । पुष्पकमल दाहाल नेतृत्वको सरकारले उक्त घटनाका बारेमा छानबिन गर्ने प्रक्रिया अघि बढाउने लिखित प्रतिबद्दता जनाएपछि मुख्यत: जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेताहरु, गठबन्धनमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालसँग चासो ब्यक्त गरेका थिए ।

आज भन्दा १७ बर्ष अघि रौतहटको गौरस्थित, राइस मिल मैदानमा तत्कालिन नेकपा माओवादी र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम, नेपालका कार्यकर्ता बिच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए । बिभत्स तरिकाले २७ जना मारिएको उक्त घटनाका बारेमा हालै सरकारले छानबिन बढाउने औपचारिक सहमति गरे पछि मुख्यत: उपेन्द्र यादव सशंकित भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल