Birat Post आइतबार, भाद्र १७, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१७ भदौ । प्रतिनिधि सभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले कृषि क्षेत्रको सुधारका लागि गम्भीर भएर लाग्ने बताएकी छिन् ।

प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सभापति राणाले बाँझो रहेको लाखौँ हेक्टर जमिन सदुपयोगका लागि आवश्यक पहल थाल्ने बताइन् । गाँजा खेतीसम्बन्धी नीतिसमेत अर्थ मन्त्रालयको नीतिमा परेको भन्दै उनले त्यसमा पनि गम्भीर भएर लाग्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘गाँजा खेतीसम्बन्धी अर्थ मन्त्रालयको नीतिमा परेको छ । त्यसपछि के भईरहेको छ त यस सम्बन्धी कुरा राख्नु पर्छ किन भने यसमा वैज्ञानिक र शैक्षिक अनुसन्धान पनि भईरहेको छ । यसमा नेपालको अहिले १० लाख हेक्टर हाम्रो खाली छ, केही पनि रोपिएको छैन् । यसलाई कसरी प्रयोगमा ल्याउँन सकिन्छ त्यसलाई योसँग जोडेर गृहमन्त्रालयको मानिससँग पनि कुरा गर्नु पर्छ । हामी कृषि क्षेत्रमा सुधार गर्नको लागि एकदमै गम्भीर भएर लाग्ने छौँ ।’

यस्तै, सभापति राणाले योभन्दा अगाडि गएका प्रस्तावहरुले के सुधारहरु गरे रु के भईरहेको छ रु भन्ने विषयमा सबै मन्त्रालयहरुलाई पत्रचार गरेर छलफल गर्नु आवश्यक भएको पनि बताईन् । उनले भनिन्, ‘यो भन्दा अगाडि गएका प्रस्तावमा के सुधारहरु गरे के भईरहेको छ भनेर केही मन्त्रालयहरुलाई सोध्नै पर्छ । यो भूमि आयोगको समस्याहरु कसरी समाधान गर्न सकिन्छ । पत्रचार नै गरेर उहाँहरुसँग छलफल गर्न आवश्यक छ ।’

कार्बन ट्रेडका सम्बन्धमा नेपालले कस्तो प्रकारको नीति निमार्ण गरेको छ त्यसको बारेमा पनि अध्यन गर्नु आवश्यक भएको उनको भनाई छ । समितिको आजको बैठकमा हालसम्मको कार्यप्रगति, निर्णय तथा निर्देशन र समितिमा छलफल गर्नुपर्ने विभिन्न महत्वपूर्ण विषयहरुको विषयमा छलफल भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल