Birat Post बिहिबार, आश्विन ०४, २०८० मा प्रकाशित

featured photo: Birat Post

झापा ,४ असोज । झापाको विर्तामोडस्थित नेकपा एमालेका जिल्ला सदस्य उमानाथ खतिवडाविरुद्ध बैंकिङ कसुर अपराधमा उजुरी परेको छ । इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडका अनुसार झापा विर्तामोड–१ निवासी खतिवडाविरुद्ध बैंकिङ कसुर अपराधमा उजुरी दर्ता भएको छ । भदौ २२ गते ईप्रका अनारमनिमा उजुरी दर्ता भएपनि प्रहरीले उनलाई पक्राउ गर्न नसकेको पीडित पक्षको गुनासो रहेको छ ।

खतिवडाको विरुद्धमा उजुरी दर्ता भएको जनाएका इप्रकाका प्रहरी नायब उपरिक्षक सुरज कार्कीका अनुसार पीडकको खोजी कार्य भइरहेको बताए । उनका अनुसार आर्थिक लेनदेनको पाटोमा प्रहरीले खतिवडालाई खोजी गरिरहेको भएपनि पक्राउ गर्न नसकिएको बताए । प्रहरी नायब उपरिक्षक कार्कीले खतिवडा विर्तामोडमा भए नभएको बारे खोजी भइरहेको र प्रक्रिया अनुसार विस्तारै काम हुने बताए ।

अर्कोतर्फ, पीडित विर्तामोड–१ का रामकुमार राउतले छिमेकीको नातामा रहेका खतिवडालाई जग्गा खरिदका लागि २६ लाख ५९ हजार रुपैया सापटी दिदाँ समस्या आएको बताए । परिवार सदस्यबाट रकम झिकाएर खतिवडालाई उपलब्ध गराएको बताएका राउतले भने, ‘खतिवडाले विर्तामोड–९ की एक महिलाको नाममा रहेको जग्गा पास गर्न आश्वासन दिएका थिए । सोही अनुरुप परिवार सदस्यबाट रकम झिकाएर दिएको अहिले फसियो । न प्रहरीले खोजविनमा तदारुकता दिन्छ । न उसले रकम ।’

पीडित राउतका अनुसार खतिवडालाई आवश्यक परेको रकम २०७९ असोज ४ गते ५ लाख, सोही महिना १३ गते ३ लाख ५० हजार, कार्तिकमा ४ लाख ५० हजार, कार्तिक २५ मा ६० हजार, पुष २९ गते ९ लाख ९९ हजार, चैत्र ५ गते २ लाख, चैत्र ६ गते १ लाख रुपैया आफन्तमार्फत बैकमा जम्मा गरिदिएका हुन् ।
पीडित पक्षले खतिवडाविरुद्ध सुरुमा उजुरी गर्न पटकपटक इलाका प्रहरी कार्यालय पुग्दासमेत उजुरी दर्ता हुन सकेको गुनासो गरेको छ । ४६ वर्षिय राउतले भने, ‘प्रहरीले कम्तीमा पनि खतिवडालाई झिकाएर कुरा गराउला भन्ने आशा थियो  तर, उजुरी समेत दर्ता गर्न सुरुमा आलटाल गर्यो । एउटा उजुरी गर्न समेत विभिन्न साथीभाई, अग्रजलाई ताकेता  गर्नु पर्यो ।’

पीडित पक्षको बुझाईमा पीडक खतिवडा प्रहरीको सम्पर्कमा रहेकाछन् । उनले भने, ‘उनलाई प्रहरीले खोज्दै छौ मात्र भन्छ । विर्तामोडमै भए उजुरी दर्ता गरेको एघार १२ दिन भएको छ । तर, केही सुइको समेत लाग्न सकेको छैन।’ अर्कोतर्फ, खतिवडा भने, केहीदिनमा रकम उपलब्ध गराउने बताउँछन् । उनले भने, ‘एकदुईदिनभित्र उहाँको रकम फिर्ता गर्छु । एउटा जग्गा बैना भएपछि सानो रकम दिन्छु  र चाडैनै सबै रकम फिर्ता गर्नेछु ।’
पीडित पक्षका अनुसार एमालेका नेता खतिवडाबाट अन्य स्थानीयसमेत पीडित भएकाछन् ।

 

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल