Birat Post बिहिबार, आश्विन ०४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,४ असोज । नेपाल टेलिकम सुरुङ्गा साखाका निमित्त कार्यालय प्रमुख दिलिप सुवेदी अझै फेला परेका छैनन् । गत शनिवार विहान ९ बजेदेखि आफ्नो क्वाटर कनकाई नगरपालिका ३, सुरुङ्गा नयाँबस्तीबाट अचानक वेपत्ता भएका सुवेदीको खोजी कार्य जारी रहेपनि हाल सम्म उनको अवस्था पत्ता लाग्न नसकेको हो ।

अधिकृत छैठौ तहका कर्मचारी ३१ बर्षिय सुवेदीकी श्रीमती ब्रजुना भट्टराई सुवेदीले आफ्ना श्रीमानसग अन्तिम पटक शनिवार ८ बजेर ४९ मिनेटमा कुराकानी भएको र कुराकानीमा सामान्य कुरा मात्रै भएको बताएकी छन् । फेरि १२ बजेकुरा गर्दा मोवाईल अफ रहेको पाएको श्रीमतीले बताइन्।

विराटनगर महानगरपालिका- ४ राजवंशी चौकमा स्थायी घर भएका सुवेदी आफुभने टेलिकमले उपलब्ध गराएको क्वाटरमा बस्दै  आएका थिए। टेलिकमको कार्यालयदेखि  डेरा ५ सय मिटर नजिक्कै रहेको छ । सुवेदी गत फागुन महिनामा मात्रै बिवाह बन्धनमा बाधिएका थिए ।

कोठामा चाबी लगाएको र पिएको पानीको ग्लास समेत ओछ्यानमै रहेको तथा मोवाईल बोकेर गएको स्कुटीको चाबी मोवाइलको चार्जर र पर्स कोठामै छाडेको अवस्थामा पाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका बरिष्ठ प्रहरी नायव निरिक्षक अशोक कोइरालाले बताए । उनको खोजी कार्य भइरहेको छ । गत फागुन महिनादेखि सुरुङ्गा टेलिकम साखाका  सुवेदी वेपक्ता भएपछि परिवार चिन्तित भएको छ ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल