Birat Post शनिबार, आश्विन ०६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,६ असोज ।
छैटौं अन्तराष्ट्रिय सांकेतिक भाषा दिवस तथा बहिरा सप्ताह विराटनगरमा विविध कार्यक्रम गरि मनाइदै छ । शनिबार कोशी बहिरा संघ मोरङ र कोशी बहिरा महासंघको संयुक्त आयोजनामा जनचेतनामूलक र्‍यालीको अयोजना गरिएको छ । विराटनगर स्थित महेन्द्र चोकबाट शुरु भएको र्‍यालीले शनिमन्दिर ,जलजलामोड हुदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । यो  हप्ता बहिरा संघले विभिन्न कार्यक्रमहरु गर्नेछन् ।

कार्यक्रममा प्रमुख अतिथी रहेकी विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीले बहिराहरुको हकहित र वृतिविकासका लागि काम गर्ने बताइन् । बहिरा तथा अपाङगता भएकाहरुका लागि महानगरले कस्ता प्रकृतिका कार्यक्रम ल्याउन उपयुक्त हुन्छ भनेर सल्लाह सुझाव लिने काम पनि भइरहेको जानकारी दिइन् । सवलङग झै बौद्धिक आपाङगता भएकाहरुले पनि महानतम कार्यगरेको उदाहरण दिदै उपमेयर कार्कीले समाजरुपान्तरणमा बहिरा व्यक्तिहरुको महत्वपूर्ण योगदान रहने बताइन् । सवैखाले बौद्धिक अपाङताका क्षेत्रमा लगानि गर्छौ ,त्यो खिएर जादैन हामी विश्वस्त छौ कार्कीले भनिन् ।

विराटनगर महानगरपालिका र कोशी प्रदेशको सहयोगमा आयोजित कार्यक्रममा प्रदेशका झण्डै २ सय मानिसहरुको सहभागिता रहेको थियो । विश्वभरि ७२ मिलियन अर्थात ७ करोड भन्दा बढि मानिसहरु सुस्तश्रवण छन् र यिनीहरु मध्ये ८० प्रतिशत भन्दा बढि मानिसहरु विकासोन्मुख देशहरुमा बस्दछन् । समग्रमा भन्दा यि मानिसहरुले ३०० भन्दा बढि प्रकारका सांकेतिक भाषाहरु प्रयोग गर्दछन ।

तिनै दोभाषेहरुको संकेतले समाचार बुझ्नलाई धेरैलाई सहयोग गर्दछ, आवाज नसुन्नेहरुका लागि आवाजको काम गर्दछ । हरेक वर्ष सेप्टेम्बर २३ तारिखकका दिन विश्व सांकेतिक भाषा दिवस मनाइन्छ । संयूक्त राष्ट्र संघको दिर्घकालिन लक्ष्यको सूचीमा सांकेतिक भाषाको प्रवर्धन र प्रयोगलाई पनि निकै महत्वका साथ राखिएको छ ।
सन् २०१८ मा प्रथम पटक यो दिन मनाइएको हो ।

कसैलाई पनि पछाडि नछाड्ने उदेश्यले सबैलाई एकैसाथ विकासको मूलधारमा उभ्याउन यस दिनको निकै ठूलो पैरवी हुने गर्दछ । विश्वका हरेक कुनाकन्दराका नेतृत्वले स्थानीय, राष्टय अनि क्षेत्रीय तवरमा सांकेतिक भाषाको प्रयोगलाई समावेश गर्न सकुन भन्ने संकल्पका साथ अन्तराष्ट्रिय सांकेतिक भाषा दिवसको परिकल्पना गरिएको हो । आजदेखी विश्वभर सात दिन यो दिवस मनाइदै छ ।

कार्यक्रममा राष्ट्यि बहिरा महासंघ कोशी प्रदेशका अध्यक्ष सीताराम ओझा, कोशी बहिरा संघको अध्यक्ष सुनिता तिवारी , विराट बहिरा माविका प्राध्यानाध्यापक मिनु दाहाल, राष्ट्यि अपाङ्ग महासंघ कोशी प्रदेशका व्यवस्थापक सरोज नेपाली ,टिएल.एम.एनका प्रतिनिधि उत्तम राइ , दोभाषे सन्तोषी घिमिरे,पत्रकार कौशल निरौला लगायतको सहभागिता रहेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल