Birat Post शुक्रबार, आश्विन १२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ असोज ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालीको मनमा स्थापित मूल कम्युनिष्टलाई फुटाउन प्रचण्ड र माधवकुमार नेपाल लागिपरे पनि सफल हुन नसेको बताएका छन्।
शुक्रबार विराटनगरमा एमाले कोसी प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकमा मूल कम्युनिष्टलाई फुटाउन माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी अध्यक्ष माधवकुमार नेपाल अग्रपंक्तिमा रहेको बताए।

उनले नेकपा एमालेलाई विगतमा फुटाउने काममा माओवादी अध्यक्ष प्रचण्ड लागेको बताए। उनले भने, तत्कालीन एमालेलाई अदालतले नभई माधव र प्रचण्डले फुटाएका हुन्।’

एमालेको विकास नीतिबाट आत्तिएका दल एक भएर एमालेलाई घेराबन्दी गर्न प्रयास गरिरहेको अध्यक्ष ओलीको भनाइ छ। यस्तै ओलीले सरकारले तस्कर र अपराधीको संरक्षण गरिरहेको आरोप लगाएका छन् ।

विराटनगरमा पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले अहिलेको सरकार तस्कर र अपराधीको संरक्षण गर्ने सरकार भएको आरोप लगाएका हुन्।

प्राकृतिक र सांस्कृति रुपमा कोसी प्रदेश धनि भएको बताउँदै अध्यक्ष ओलीले भने, ‘कोसी प्रदेशको विकासको अभिभारा एमालेले पूरा गर्नेछ। प्रदेशको विकासमा समेत अहिले एमाले नेतृत्वकै आवश्यकता छ।’

उनले एमालेको मिसन ८४ बारे प्रस्ट्याएका थिए। कोसी प्रदेशमा देखिएका अधिकांश घेराबन्दीका बाबजुद एमाले अग्रस्थानमा रहेको अध्यक्ष ओलीको भनाइ छ। जारी अधिवेशनका विषयमा अध्यक्ष ओलीले नेता–कार्यकर्तालाई समझदारीसँगै सर्वसम्मत प्रयास गर्न सुझाव दिएका छन्।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल