
काठमान्डौ.,१५ असोज । सोमबार गौशालामा अज्ञात समूहले एक व्यक्तिमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली प्रहारबाट घाइते भएका व्यक्तिलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ। घाइतेको अवस्था स्थिर रहेको बताईएको छ ।
घाइतेको परिचय खुल्न बाँकी छ। गोली प्रहार गर्ने व्यक्तिले चुप्पी र कटुवा पेस्तोल छाडेर फरार भएका छन्। प्रहरीले फरार भएका व्यक्ति खोजी गर्न थालेको छ।
